रामेछापमा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराए

रामेछापमा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराए

रामेछापमा नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरुले आ आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

निकै तामझामका साथ उम्मेदवारी दर्ताका लागि एमालेका नेता कार्यकर्तासहित उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

प्रतिनिधिसभा सदस्यका लागि कैलाश प्रसाद ढुङ्गेल, प्रदेशसभा सदस्य क मा शान्ति प्रसाद पौडेल र प्रदेश ख मा मिलनकुमार घिसिङले मनोनयन दर्ता गराउनुभएको हो ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको लागि टिकट पाएका नेपाली काँग्रेसका पुर्ण बहादुर तामाङ (कान्छाराम) तथा दुई प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट टिकट पाएका तारानारायण श्रेष्ठ र युवराज चौलगाईंले भने अपरान्ह ४ बजे पछि मात्रै उम्मेद्वारी दर्ता गराउने नेपाली कांग्रेस रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार