“रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिताको उपाधि टिम हिलेपानीले जित्यो

“रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिताको उपाधि टिम हिलेपानीले जित्यो

बडादशैँको अवसरमा जागरुक युवा क्लब सुकाजोरले आयोजना गरेको “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिताको उपाधि टिम हिलेपानीले जितेको छ । आयोजक जागरुक युवा क्लब र टिम हिलेपानीबिच भएको फाइनल खेलमा टिम हिलेपानीले ३ गोल गर्न सफल भएको छ भने जागरुक युवा क्लबले एक गोल मात्रै गर्न सक्यो ।

प्रतियोगितामा प्रथम हुँदै टिम हिलेपानीले नगद ५० हजारको साथमा ट्रफी,मेडल तथा प्रमाणपत्र पाएको छ । प्रतियोगितामा द्धितिय हुँदै जागरुक युवा क्लबले नगद २० हजारको साथमा ट्रफी,मेडल तथा प्रमाणपत्र पाएको छ । यहि असोज १३ गतेदेखी १६ गतेसम्म संचालन भएको प्रतियोगितामा १० टिमले सहभागीता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार