सिन्धुपाल्चोकका युवक गाँजा सहित सेलेघाटमा समातिए

सिन्धुपाल्चोकका युवक गाँजा सहित सेलेघाटमा समातिए

सिन्धुपाल्चोकका एक युवकलाई गाँजा सहित रामेछाप प्रहरील पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट चेकप्वाईन्टमा प्रहरीले सवारी साधन चेक जाँच गर्ने क्रममा ति युवकलाई पक्राउ गरेको हो । मन्थलीबाट काठमाण्डौ तर्फ जादै गरेको बा ८२ प ९९५० नम्बरको मोटरसाइकलका चालक सिन्धुपाल्चोक चौतारा– ७ का बर्ष २४ का राजेन्द्र डङ्गोल गाँजा सहित पक्राउ परेका हुन । उनको साथबाट पछाडि भिर्ने झोलामा लुकाई छिपाई ल्याएको अबस्थामा अन्दाजी ७०० ग्राम गाँजा बरामत भएको प्रहरीले जनाएको छ । मोटरसाईकल सहित उनलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार