सुकाजोरका ४८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

सुकाजोरका ४८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका ४८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । दीप बहादुर कार्की स्मृती प्रतिष्ठान र हेल्प फर जर्मनको सहयोगमा सुकाजोरमा रहेका २ वटा आधारभूत विद्यालयका विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको दीप बहादुर कार्की स्मृती प्रतिष्ठानका अध्यक्ष कमल बिक्रम कार्कीले बताउनुभयो ।

सिद्धेश्वर आधारभूत विद्यालयका २७ जना र गैँयाश्वरी आधारभूत विद्यालयका २१ जना गरी ४८ जना विद्यार्थीलाई रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले न्यानो कपडा वितरण गर्नुभयो । विद्यार्थीहरुलाई सर्ट,पाईन्ट,टाई,बेल्ट,जुक्ता,मोजा,झोला,टिसर्ट र ट्याकसुट वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार