रामेछाप ओख्रेनीमा बाबु छोरा बिच खुकुरी हानाहान

रामेछाप ओख्रेनीमा बाबु छोरा बिच खुकुरी हानाहान

रामेछाप ओख्रेनीमा बाबु छोरा बिच खुकुरी हानाहान भएको छ । रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा गएराति बाबु छोरा बिच घरायसी झगडा हुँदा खुकुरी हानाहान भएको हो ।

प्रहरी चौकी रामेछाप डाँडाका अनुसार मादक पदार्थ सेवन गरेका वर्ष ४५ का केशर बिक र उनका १६ वर्षका छोरा बिनोद विक बिच खुकुरी हानाहान भएको हो । बाबु छोरा बिच खुकुरी हानाहान हुँदा दुवै जना सामान्य घाइते भएका छन ।

बुबाको नाकमा र छोराको पेटमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते बाबु छोरा जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार