बिटार पार्क १९ लाखका थप नयाँ संरचना

बिटार पार्क १९ लाखका थप नयाँ संरचना

रामेछाप जिल्लाको रामेछाप नगरपालिका ८ मा रहेको बिटार पार्कमा १९ लाख भन्दा बढिको नयाँ संरचना थपिएका छन । नयाँ संरचनाले पार्कमा थप सुन्दरता बडाएको छ । पार्कमा नयाँ संरचना निर्माणका लागि प्रदेश सरकारले डिभिजन बन कार्यालय रामेछाप मार्फत १९ लाख बजेट बिनियोजन गरेको थियो ।

उक्त बजेटको दायरामा रहेर संरचना निर्माण कार्य सम्पन्न गरेको पार्क संरक्षण समितिका अध्यक्ष सुनिल कुमार रायले सार्वजनिक सुनुवाइमा जानकारी गराएका थिए । पार्कमा २ कोठे पक्की भबन, डेढ मिटर चौडाइवाला ३ सय मिटर, २ मिटर चौडाइवाला ५१ मिटर फुटपाथ, कम्पाउड घेराबार १५ मिटर, केटाकेटिको खेलौना राख्नका लागि एउटा ट्रष्टको भुइमा ब्लक लगाउने र इटाको पर्खाल निर्माण, २ वटा ट्रष्टमा ब्लक बिछ्याउने र पर्खाल निर्माण, रामेछापका सहयोगी मन द्वारा निर्माण गरिएका कलात्मक संरचना संरक्षणका लागि ५ वटा स्टील रेलिङ निर्माण, पार्कको बिचमा रहेको पोखरी ब्यब्स्थापन र फोहोरा निर्माण , १५ मिटर मेसेनरी पर्खाल, साना ठुला गरि ११ वटा चौतारा लगायतको निर्माण कार्य सम्पन्न गरेको छ । त्यसैगरी उक्त बजेटबाट नै १ सय गमलाको भाडा खरिद र पार्कमा रहेका प्रत्येक संरचनामा रङ्गरोगन लगायतको काम गरिएको अध्यक्ष रायले सार्वजनिक सुनुवाइमा बताएका थिए ।

उक्त संरचना निर्माणका लागि १९ लाख बजेट बिनियोजन गरिएको भएता पनि जनश्रमदान सहित करिब २२ लाखको काम भएको संरक्षण समितिका अध्यक्ष रायले बताए । उनले करिब २ लाख ५५ हजारको जनश्रमदान रहेको जानकारी दिए ।                                                                                                                                       

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार