रामेछाप नगरपालिका र बीमा समिति बीच छलफल

रामेछाप नगरपालिका र बीमा समिति बीच छलफल

बीमा समिति र रामेछाप नगरपालिका बीच स्थानिय तहसँग बीमा समिति विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाल्दै नगर प्रमुख न्यौपानेले नगरबासीलाई आफ्नो फजुल खर्चलाई कटौती गरेर बीमा गर्न अनुरोध गर्नुभयो ।

उहाँले बीमा सम्बन्धी जनचेतना प्रवर्द्धनका लागि बीमा समितिसँग समन्वय गरेर नगरपालिका अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा सहभागिले कृषि बीमा,पशु विमा र कोरोना विमाको रकम भुक्तानी नभएको बारे प्रश्न गरेका थिए । कार्यक्रममा सहभागी धेरैले कोरोना बीमाको दाबी भुक्तानी कहिले पाइन्छ भन्दै समितिलाई प्रश्न गरेका हुन । त्यस्तै केहि सहभागिले पशु बीमाको दाबी भुक्तानीको विषयलाई लिएर पनि गुनासो व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा बीमा समितिले स्थानीय निकायलाई कृषि बीमा, पशुपन्छि बीमा, सम्पत्ती बीमा, जीवन बीमालाई स्थानीय निकायले आफ्नो सेवा सँग जोडेर अगाडि बढ्न अनुरोध गरेको छ । पिछडिएका, न्युन आय भएका वर्ग, किसान, महिला, विभिन्न पेसा व्यवसायमा लागेका व्यक्तिहरु, उद्योगी व्यापारी लगायत सबैलाई फाइदा हुने भन्दै समितिले बीमा गर्न सबैलाई अनुरोध पनि गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, पत्रकार, उद्योग बाणिज्य संघका प्रतिनिधि, बीमा कम्पनी तथा बैंकका शाखा प्रमुखहरु, वित्तीय संस्थाका प्रतिनिधिहरु, कृषि प्राविधिक, अगुवा कृषकहरु तथा अन्य सरोकारवालहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार