२ बिद्यालयका बिद्यार्थीलाई लायन्स रामेछापको न्यानो कपडा

२ बिद्यालयका बिद्यार्थीलाई लायन्स रामेछापको न्यानो कपडा

रामेछाप लायन्स क्लबले गोकुलगङ्गा गाउपालिका २ ठोसेको २ बिद्यालय १ सय बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ । बिहिबार ठोसेको सेती देवी आधारभुत बिद्यालय र बुद्ध संसरी देवी आधारभुत बिद्यालयका ५०/५० बिद्यार्थी गरि १ सय जनालाई एक कार्यक्रममा बिच हस्तान्तरण गरिएको छ ।

लायन्स क्लब ईन्टरनेशनलका पास्ट डिस्टृक गभर्नर शम्भु घिमिरेले बिद्यालयमा नै पुगेर न्यानो कपडा बितरण गरेका थिए । कार्यक्रममा मन्थली क्याम्पसका पुर्व क्याम्प्स प्रमुख गुन्ज बहादुर श्रेष्ठ, नेपाली काङ्ग्रेस प्रदेश क का उपसभापती मुरारी घिमिरे, काङ्ग्रेस गोकुलगङगाका नेता नानीबाबु बस्नेत लगायतको उपस्थिती रहेको थियो । रामेछाप लायन्सले बिगत देखि नै जिल्लाका बिद्यालयमा न्यानो कपडा बितरण, प्राकृतिक प्रकोपमा परेकाहरुलाई राहत बितरण गर्ने लगायतको काम गर्दै आइ रहेको छ ।         

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार