सामाजिक सुरक्षा कोषका योगदानकर्ताले २२ अस्पतालबाट सेवा लिन सक्ने

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले २२ अस्पतालबाट सेवा लिन सक्ने

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले २२ अस्पतालबाट उपचार सेवा लिन सक्ने भएका छन् । कोषमा निरन्तर ३ महिना योगदान गरेका योगदानकर्ताले योगदान गरेको परिचयपत्र देखाएर काठमाडाँै उपत्यकाका पाटन अस्पताल, हेल्पिङ ह्याण्डस सामुदायिक अस्पताल, कलेज अफ मेडिकल साइन्सेस, नेपाल अर्थोपेडिक अस्पताल, काठमाडाँैको मेडिकल कलेज, शिर मेमोरियल अस्पतालसहित, झापा बिर्तामोडको मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, विराटनगरको विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र हाम्रो अस्पताल, सर्लाहीको नमुना सामुदायिक अस्पताल, वीरगञ्जको नेसनल मेडिकल कलेजबाट सुविधा लिन सकिनेछ ।

उपचार सेवाका लागि कोषसँग १ सय २६ अस्पतालले सम्झौता गरेका छन् तर सुविधा भने तत्कालका लागि २२ अस्पतालबाट लिन सकिने कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । यसअघि योगदानकर्ताले अस्पतालमा उपचार गरेको पैसा आफैले तिरेर खर्चको बिल कोषमा पेस गरेपछि भुक्तानी पाइन्थ्यो । अब भने परिचयपत्र देखाएपछि उपचार खर्चको २० प्रतिशत मात्रै बिरामीले बेहोर्नुपर्नेछ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत भएका योगदानकर्ताले सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर वार्षिक रुपमा एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा लिनसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार