रामेछाप नगरपालिकाका जनप्रतिनिधीलाई स्थानीय तहको सेवा प्रवाह र योजना तर्जुमा प्रक्रिया सम्बन्धी प्रशिक्षण

रामेछाप नगरपालिकाका जनप्रतिनिधीलाई स्थानीय तहको सेवा प्रवाह र योजना तर्जुमा प्रक्रिया सम्बन्धी प्रशिक्षण

रामेछाप नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीलाई स्थानीय तहको सेवा प्रवाह र योजना तर्जुमा प्रक्रिया सम्बन्धी प्रशिक्षण दिइएको छ। स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानको सहकार्य र रामेछाप नगरपालिकाको आयोजनामा २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा नगरपालिका तथा वडाकार्यालयहरुबाट हुने दैनिक सेवा प्रवाह,वडाले नागरीकहरुलाई सेवा प्रवाह गर्दा ध्यान दिनुपर्ने कुराहरु,योजना तर्जुमा,योजनाहरुको छनोट,योजनाको कार्यान्वयन,विभिन्न अनुगमनहरु लगायतका बारेमा नयाँ जनप्रतिनिधीलाई प्रशिक्षण दिइएको रामेछाप नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत होम ब थापाले जानकारी दिनुभयो ।

नवनिर्वाचित पदाधिकारीहरुलाई लक्षित गरि संचालन गरिएको यो प्रशिक्षण कार्यक्रम स्थानीय तह सदस्य निर्वाचन २०७९ पछिको संभवत नेपालकै पहिलो प्रशिक्षण कार्यक्रम भएको उहाँले बताउनुभयो । स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक हरिकृष्ण कोईराला सहितका प्रशिक्षकहरुले नवनिर्वाचित जनप्रतिनिधीलाई स्थानीय तहको सेवा प्रवाह र योजना तर्जुमा प्रक्रिया सम्बन्धी प्रशिक्षण दिनुभएको हो।

२ दिने प्रशिक्षण कार्यक्रमले निर्वाचन पश्चात सिधै कार्य क्षेत्रमा जाँदा हुने अन्योलतालाई चिर्न निकै नै फलदायी भएको सहभागीहरुले बताएका छन। रामेछाप नगरपालिकाका नवनिर्वाचित प्रमुख,उपप्रमुख ९ वटै वडाका वडाअध्यक्ष,वरिष्ठ वडा सदस्य,महिला वडा सदस्य,नयाँ वडा सचिवहरु सहभागी प्रशिक्षण कार्यक्रमको अध्यक्षता नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत होम ब थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार