पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको छ । सरकारले पूर्वाधार कर घटाउने निर्णय गरेसँगै मूल्य घटेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव अनुरुप मूल्य समायोजन गरेकोे निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार