निशुल्क शिक्षाको व्यवस्था गर्ने उम्मेदवारलाई मतदान गर्ने युवा मतदाताको चाहना

निशुल्क शिक्षाको व्यवस्था गर्ने उम्मेदवारलाई मतदान गर्ने युवा मतदाताको चाहना

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रामेछापमा उम्मेदवारहरू मत माग्दै घरघरमा पुगिरहेका छन् । राजनीतिक दलनिकट वा स्वतन्त्र उम्मेदवारले आर्थिक र सामाजिक विकासका महत्वकाङ्क्षी योजना अघि सारिररहेका छन् । रामेछापका युवा मतदाता भने निशुल्क शिक्षाको प्रतिवद्धता खोजिरहेका छन् । पहिलो पटक मतदान गर्न लागेका युवाहरू भने उत्साहित छन् । शिक्षा र रोजगारीमा केही सहुलियत पनि खोजिरहेका छन् ।

शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिँदै सबै क्षेत्रलाई समेट्ने उमेदवारलाई मतदान गर्ने योजना रहेको स्थानीयवासी युवाहरुको भनाई छ । युवामा भएको जोश जाँगर आफ्नै देशमा प्रयोग गर्न पाउने वातावरण बनाउने उमेदवार आफ्नो रोजाइमा पर्ने युवाहरुले बताउँदै आएका छन। अधिकाङ्श उमेद्वारको एजेन्डा सडक लगाएत पूर्वाधारको विकासमा केन्द्रीत छ । राजनीतिक दलको एजेन्डामा युवा लक्षित कार्यक्रम खासै प्राथामिकतामा नपरेको गुनासो उनीहरूको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार