आजदेखि सातौँ कृषि गणना हुँदै

आजदेखि सातौँ कृषि गणना हुँदै

आजदेखि सातौँ कृषि गणना कार्य सुरु हुँदैछ ।यही वैशाख १९ गतेसम्म सञ्चालन हुने कृषि गणनामा स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कूल ३ लाख ५० हजार कृषक परिवारसँग घरघरमा गएर गणकहरूले कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गर्ने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

गणकले सङ्कटमा रैथाने पशुपक्षीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपन्क्षीपालन, खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन् । कृषि गणनाका लागि ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक कार्यस्थलमा खटाइएको विभागका कृषि गणना शाखाका प्रमुख डाक्टर महेश सुवेदीले  बताउनुभयो ।

तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ । नेपालमा २०१८ सालदेखि कृषि गणना कार्यको सुरुवात भएको हो । प्रत्येक १० वर्षमा एक पटक सञ्चालन गरिने कृषि गणनाको यो सातौँ कृषि गणना हो । यस अघि २०६८ सालमा कृषि गणना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार