तालमेल बारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्ने तयारी

कमजोर नआँक्न एकीकृत समाजवादीको चेतावनी 

तालमेल बारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्ने तयारी

कमजोर नआँक्न एकीकृत समाजवादीको चेतावनी 

यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा के कसरी तालमेल गर्ने भन्ने बारेमा छलफल गर्न सरकारमा सहभागी दलहरूको बैठक आज बस्ने तयारी भएको छ । यद्यपी समय भने टुङ्गो नलागेको नेताहरूले बताएका छन् । एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले आज छलफल गरेर निर्णयमा पुग्ने तयारी भए पनि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण समय अझैँ निश्चित नभएको जानकारी दिनुभयो । सत्ता बठबन्धन दलबीच चुनावमा तालमेल गरेर जाने भन्नेमा यसअघि निर्णय भए पनि कुन स्वरुपको तालमेल गर्ने भन्नेमा अहिलेसम्म पनि सहमति जुटेको छैन ।

कमजोर नआँक्न एकीकृत समाजवादीको चेतावनी 

स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सरकारमा सहभागी दलहरूको सहमति कार्यान्वयन जटिल बन्दै गएको छ । विशेषगरी नेपाली काँग्रेसका जिल्लास्तरका नेताहरूको दवावका कारण शीर्ष नेतृत्व तालमेलमा बाध्य पार्न नहुने निचोडमा पुग्न थालेको छ । यद्यपी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने तालमेलको सहमति कार्यान्वयन गर्नुपर्ने दवावमा हुनुहुन्छ ।

काँग्रेसको हिजोको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूले तालमेलका लागि बाध्य पार्न नहुनेमा जोड दिएका छन् । हिजोको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले यसअघि काँग्रेसको समर्थनमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको स्थानमा यसपाली काँग्रेसले उम्म्ेदवारी दिनुपर्ने त्यसो नभए एक्लाएक्लै प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । काठमाडौँ महानगरपालिकामा पनि गठबन्धनबाटको उम्मेद्वार हुने टुङ्गो लागेको छैन ।

पोखरा महानगरमा गठबन्धनबाट नेकपा एसले दाबी गरिरहँदा निर्णय भइसकेको छैन । सरकारमार रहेको दल नेकपा एकीकृत समाजवादीले भने आफूहरूलाई हेप्न खोजिएको निष्कर्ष निकाल्दै त्यसो नगर्न चेतावनी दिएको छ । अध्यक्ष माधवकुमार नेपालले आफूहरू निर्णायक शक्ति भएको दावी गर्दै कम ठानिए परिणाम नराम्रो हुने हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा बताउनुभएको थियो । सत्तामा रहेका दलको आआफ्नै अडानका कारण उम्म्ेदवार छनोट, प्रचारप्रसारमा समस्या भएको नेताहरूले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार