चुनाबी प्रचारमा दलहरुको आधुनिक शैलि

चुनाबी प्रचारमा दलहरुको आधुनिक शैलि

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा दलहरुले प्रचारप्रसारको शैलिलाई प्रविधिमैत्री बनाउदै लगेका छन् । सामाजिक सञ्जालको लोकप्रियता बढ्दै गएका बेला दलहरूले चुनाबी प्रचारका लागि सञ्जालहरुको प्रयोग बढाएका हुन् । कार्यकर्ताहरूले फेसबुक, म्यासेन्जरमा पार्टीका ब्यानर बुस्ट गर्नेदेखी टिकटकमा चुनाबी गितको भिडियो बनाउने सम्मका गतिविधि गरिरहेका छन् ।

सामाजिक सञ्जालको उपयोग गर्दै नेपाली काँग्रेसले आफ्नो पक्षमा उत्कृष्ट गित सृजना गरि अडियो, भिडियो प्रकासन गर्नेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार समिति अन्तरगत रहेको सांस्कृतिक समन्वय उपसमितिले त्यस्तो सृजनालाई दुई लाख ७५ हजार नगद पुरस्कार दिने निर्णय गरेको संयोजक डिबि गुरुङले जानकारी दिनुभयो ।

यसअघी नेकपा एमालेले सामाजिक सञ्जाल टिकटकमा पार्टीका गितमा उत्कृष्ट भिडियो बनाउनेलाई एक लाख रुपयाँ पुरस्कार दिने निर्णय गरिसकेको छ । अर्को मुख्य दल नेकपा माओबादी केन्द्रले पनि पार्टीका नारा समेटिएका गितसंगित निर्माण गरि प्रचारप्रसारलाई तिब्र बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार