यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा वडाध्यक्षको उम्मेद्वार सर्वसम्मत टुंग्याइएको छ । आज बसेको एमाले नगर कमिटीको बैठकले ध्रुब बस्नेतलाई वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो । वडाध्यक्षका उम्मेद्वार बस्नेत भूतपूर्व नेपाली सेनाका जमदार हुनुहुन्छ ।
सुकाजोरमा चुनाव जित्ने एमालेको एक मात्र बलियो उम्मेद्वार उहाँलाई नै लिइएको छ । ईरामेछापसँग कुराकानी गर्दै वडाध्यक्षका उम्मेद्वार बस्नेतले नागरीकको घरघरमा गएर उनिहरुको चाहना बुझ्ने र सोहि अनुसार आफुले विभिन्न योजनाहरु बनाएर काम गर्ने बताउनुभयो । यसअघि वडा नं ७ सुकाजोरमा नेपाली कांग्रेसबाट समिर कार्की वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो ।