नेपाली कांग्रेस रामेछाप नगरपालिकाले कुनै दलसँग गठबन्धन नगरी चुनाव लड्ने

यदि जबरजस्ति गठबन्धन गरेमा १४ औँ महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारीहरुले सामुहिक रुपमा राजिनामा दिने

नेपाली कांग्रेस रामेछाप नगरपालिकाले कुनै दलसँग गठबन्धन नगरी चुनाव लड्ने

यदि जबरजस्ति गठबन्धन गरेमा १४ औँ महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारीहरुले सामुहिक रुपमा राजिनामा दिने

सरकारमा सहभागी दलहरू स्थानीय तहको निर्वाचनका लागि गठबन्धनको तयारी गरिरहेका बेला नेपाली कांग्रेस रामेछाप नगरपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस रामेछाप नगर कार्य समितिको आज(बुधबार) बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसंग गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।

स्थानिय तहको निर्वाचनमा अन्य दलसंग गठबन्धन र तालमेल गर्दा नेपाली कांग्रेसलाई घाटा हुने भन्दै कुनै पनि हालतमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय भएको नेपाली कांग्रेस रामेछाप नगर कार्य समितिका प्रबक्ता हरिचन्द्र घिमिरेले  बताउनुभयो । गठबन्धन हुँदा कम्युनिष्टहरुले कांग्रेस उम्मेदवारलाई भोट दिने बलियो आधार नभएको,वडा तहमा रहेका माओवादीका मतदाताहरुले एमालेलाई नै भोट दिने प्रष्ट देखिएको, गठबन्धन भएमा अर्को चरणको निर्वाचनमा पार्टीको अस्तित्व जोगाउन कठिन हुने भन्दै गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरिएको कांग्रेस रामेछाप नगर कार्य समितिका सचिव सुशिलहरि बख्रेलले बताउनुभयो ।

यदि केन्द्र तथा जिल्ला कार्यसमितीले गठबन्धन गर्न बाध्य पारेमा वा जबरजस्ति गठबन्धन गरेमा १४ औँ महाधिवेशनबाट नगरपालिकामा निर्वाचित सबै पदाधिकारीहरुले सामुहिक रुपमा संयुक्त राजिनामा दिने नेपाली कांग्रेस रामेछाप नगर कार्य समितिको बैठकले निर्णय गरेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यसहित कुनै पनि पदमा अन्य दलसंग गठबन्धन नगरी एक्लै चुनाव लड्ने र आफ्नो आधिकारिक उम्मेदवारलाई भारी मतले जिताउने निर्णय भएको सचिव बख्रेलले बताउनुभयो । यस अघिको स्थानिय तहको चुनावमा नेपाली कांग्रेसले रामेछाप नगरपालिकामा प्रमुख,उपप्रमुख र ३ वडा वडा जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार