रामेछापमा फेसबुकबाट चिनजान भएर भेटघाट गर्दा ३६ वर्षिय महिला बलात्कृत

रामेछापमा फेसबुकबाट चिनजान भएर भेटघाट गर्दा ३६ वर्षिय महिला बलात्कृत

रामेछापमा फेसबुकबाट चिनजान भएर भेटघाट गर्दा ३६ वर्षिय एक महिला बलात्कारको सिकार भएकी छन । सिराह जिल्ला सिराहा नगरपालिका वडा नं. ८ बस्ने बर्ष २९ का मुकेश कुमार यादवले रामेछाप बस्ने बर्ष ३६ की एक बिबाहित महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

यादव र महिलाबिच सामाजिक संजाल फेसबुकमा चिनजान भइ यहि चैत्र १५ गते महिला काम बिषेशले मन्थली आएको समयमा यादवसंग भेटघाट भएपछी उनले खाजा खान जाँउ भनि महिलालाई बिश्वासमा पारी मन्थली स्थित तामाकोशी अस्पताल नजिक रहेको एक होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

यादवले ति महिलालाई खाजा खान भनि कोठामा बसेको अबस्थामा उक्त कोठाको चुकुल लगाई डर,धम्की देखाएर बलात्कार गरेको बताइएको छ । यादवलाई .खुर्कोट प्रहरीको समन्वयमा पक्राउ गरी थप अनुसंधान भइरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार