बागमती प्रदेश सरकारको ६ महिनाको अवधिमा कुल बजेटको १५ प्रतिशत मात्र खर्च

बागमती प्रदेश सरकारको ६ महिनाको अवधिमा कुल बजेटको १५ प्रतिशत मात्र खर्च

बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटका १५ प्रतिशत मात्र खर्च गरेको छ ।सरकारले ६ महिनाको समयमा विनियोजन कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख मध्ये ८ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ मात्र खर्च गरेको हो ।सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदा कोरोना संक्रमणको जोखिम, विभिन्न राजनीतिक परिवर्तन र सरकारको अस्थिरताको कारण बजेट खर्चमा सोचे अनुरुप खर्च गर्न नसकिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडाले जनाएको छ ।

चालू आर्थिक वर्षमा कुल राजस्व ३१ अर्ब ६९ करोड प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म १३ अर्ब ५६ करोड मात्र प्राप्त भएको छ । गत आर्थिक वर्षमा सरकारले कुल राजस्व २६ अर्ब ५ करोड ७६ लाख ९४ हजार प्राप्त हुने अनुमान गरिएकोमा अर्ध वार्षिक समयमा कुल अनुमानको ३७ दशमलव १० प्रतिशत राजस्व प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार