देउरालीमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा रातमाटा मगर समाज प्रथम

देउरालीमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा रातमाटा मगर समाज प्रथम

रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउराली लाम्टेमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा रातमाटा मगर समाज प्रथम भएको छ । प्रतियोगितामा लाम्टे मगर समाजले द्वितीय स्थान हासिल गर्दा रामपुरले भने तृतीय स्थानमा चित्त बुझाएको छ ।

नेपाल तरुण दल रामेछाप नगरपालिका वडा नं २ देउरालीले आयोजना गरेको उक्त प्रतियोगिता यहि फाल्गुन २७ गते सुरु भएर आज सकिएको हाम्रा स्थानीय संवाददाता नविन पुलामी मगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद ५० हजार,द्धितिय हुनेले नगद ३० हजार र तृतिय हुने समुहले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छ्न ।                                                                                                                 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार