ढुंगा खानीमा ढिस्को खस्दा रामेछाप दोरम्बा शैलुङका टिपर चालकको मृत्यु

ढुंगा खानीमा ढिस्को खस्दा रामेछाप दोरम्बा शैलुङका टिपर चालकको मृत्यु

काभ्रेको बनेपा–१४ आशापुरीस्थित आशापुरी रोडा ढुंगा सप्लायर्सको खानीमा ढिस्को खस्दा च्यापिएर रामेछापका एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो टिपर, मिनीट्रकमा ढुंगा लोड गर्ने क्रममा एक्कासी खसेको ढिस्कोले ती साधन पुर्दा च्यापिएर रामेछाप दोरम्बा शैलुङका अन्दाजी ३२ वर्षीय श्याम मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिनुभयो ।

एक्कासी ढिस्को खसेपछि भाग्ने क्रममा प्रदेश ३–०१–००३ क ५७४८ नम्बरको टिपरका चालक मगरको निधन भएको प्रत्यक्षदर्शी टिपर चालक मिनबहादुर खपांगीले बताउनुभयो । खानीमा ढुंगा बोक्न गएका ५ वटा टिपर, २ मिनीट्रक र २ स्काभेटरमा क्षति पुगेको हो ।खानी तथा भूगर्भ विभागको सिफारिसको आधारमा २०६८ साल चैत्र ५ गते तत्कालीन जिल्ला विकास समितिबाट उत्खनन् प्रमाणपत्र पाएको खानी ३ वर्षयता मात्रै सञ्चालनमा आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार