यस वर्ष तिहार ढिलो भएका कारण सयपत्री र गोदावरी फूलहरू सुक्न थाले

यस वर्ष तिहार ढिलो भएका कारण रामेछाप सहित धरै ठाउँमा सयपत्री र मखमली फूलहरू सुक्न थालेका छन् । यस वर्षको भाइटीका केही ढिला परेकाले अघिल्लो वर्षकै समयमा फूल रोप्नेहरु समस्यामा परेका हुन् । रामेछापको सुनापती गाउँपालिकाकी रुपा कार्कीले तिहारका लागी रोपेका फूलहरू सुक्न थालेको गुनासो गर्नुभयो । “भाईटिकासम्म पनि यो वर्ष फूलहरू नबस्ला जस्तो भयो […]

रामेछापमा लोप हुँदै पिङ हाल्ने परम्परा

दसैँ–तिहारका बेलामा पिङ हाल्ने परम्परा कही वर्षअघिदेखि रामेछाप जिल्लामा लोप हुँदै जान थालेको छ । गाउँदेखि ठूला सहरबजारमा दसैँ आउन केही समयअघिदेखि पिङमा रमाउने यो मौलिक परम्परा अहिलेका युवापुस्ताको बेवास्ताका कारण लोप हुन थालेको हो । विगतमा जिल्लाका विभिन्न गाउँ, टोल, सहरबजारमा दर्जनौं रोटे, जाँते र लिङ्गे पिङमा बालबच्चादेखि युवायुवतीको भीड हुने गर्दथ्यो । विस्तारै […]

रामेछाप नगरपालिका-८ मा भएको वक्तृत्वकला प्रतियोगितामा स्वनीका कार्की प्रथम

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा शुक्रबार(आज)वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । दशैँ,तिहार तथा छठ पर्वको शुभकामना आदन प्रदान कार्यक्रम सहित वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको हो । बाल अधिकार हाम्रो सरोकार सम्बन्धि भएको उक्त वक्तृत्वकला प्रतियोगितामा वडा भित्रका विभिन्न बाल समुहका विद्याथी भाईबहिनीहरुले सहभागीता जनाएका थिए । १० जना सहभागी वक्तृत्वकला […]

आधुनिक रंगरोगनले रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै

आधुनिक रंगरोगनले रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको छ । दसैँ सुरु हुनासाथ घरआँगनको लिपपोतका लागी रातो,सेतो र पँहेलो माटो ल्याएर लगाउने चलन थियो । तर आज भोली यो चलन हराउँदै गएको छ । केही वर्षअघिसम्म दसैँ सुरु हुनेबित्तिकै घरआँगनको लिपपोत, सरसफाइ हरेक परिवारको पहिलो काम हुन्थ्यो । तर हिजोआज रातो माटो र […]

रामेछापको मन्थली आउँदै गरेको ईलेक्ट्रोनिक गाडी धुलिखेलमा दुर्घटना,एकको मृत्यु

बीपी राजमार्गको धुलिखेल सुन्दर बस्तीमा मोटरसाइकल र इभी माइक्रो एकआपसमा ठोकिँदा एक यात्रुको मृत्यु भएको छ । बुधबार(आज) बिहान ६ : ४५ बजे काठमाडौंबाट मन्थली आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ नं. को ईलेक्ट्रोनिक गाडीले ईलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिएर भाग्ने क्रममा गाडीमा सवार […]

रामेछाप मन्थलीका आधा दर्जनभन्दा बढी सुनचाँदी पसल कारबाहीमा

रामेछापको सदरमुकाम मन्थलीमा रहेका आधा दर्जनभन्दा बढी सुनचाँदी पसलहरुले तोकिएको भन्दा कम तौल भएको ढक प्रयोग गरेर सुनचाँदीको कारोबार गरेका पाइएको छ । चाँडवाड नजिएसँगै गत असोज २३ र २४ गते जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, रामेछाप खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली र गुणस्तर तथा नापतौल कार्यालय जनकपुरको संयुक्त […]

रामेछापको सदरमुकाम मन्थलीमा ट्राफिक सप्ताह सुरु

रामेछापमा ट्राफिक सप्ताह सुरु भएको छ । सोमबार(आज)देखी जिल्ला प्रहरी कार्यालय रामेछाप सामुदायिक प्रहरी र जिल्ला ट्राफिक कार्यालयको संयुक्त आयोजनामा मन्थली देवकोटा चोकमा ट्राफिक सप्ताह कार्यक्रम शुभारम्भ भएको हो । उक्त कार्यक्रम अन्तर्गत एक हप्तासम्म प्रहरीले सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियम सम्बन्धी साताब्यापी कार्यक्रम संचालन गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । […]

रामेछापका स्थानिय तहले पर्यटन प्रवद्र्धनमा काम गर्न सकेनन्

रामेछापको पर्यटन प्रवद्र्धनमा सरकारी निकायले बेवास्ता गरेको व्यवसायी र सरोकारवालाले गुनासो गरेका छन् । जिल्लाको थानापती,सुनापती,खाँडादेवी,उमाकुण्ड,ताराखसे,केवलेश्वर,पाँचपोखरी,जटापोखरी,शैलुङ क्षेत्र लगायत रामेछापको महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् । जिल्लामा रहेका पर्यटकीय स्थलको पहिचान, विकास र प्रचारप्रसारमा सबै पक्ष एक हुनुपर्ने भए पनि सरकारी निकायले वास्ता नगरेको व्यवसायी तथा सरोकारवाला निकायले बताएका छन् । केही वर्ष अघिसम्म आन्तरिक तथा बाह्य […]

रामेछापमा दसैँ नजिकिएसँगै बजारमा महङ्गी बढ्यो,उपभोक्ता मारमा

रामेछापमा दसैँ नजिकिएसँगै महङ्गी बढेको उपभोक्ताहरुले गुनासो गरेका छन । अहिले रामेछापको बजार क्षेत्रहरुमा दसैँ नजिकिएसँगै किनमेल गर्नेहरु बढेका छन । बजारमा उपभोक्ताको चहलपहल बढेसँगै व्यापारीले सामानको मूल्य बढाउने गरेको नागरीकहरुको गुनासो छ । रामेछाप नगरपालिका ७ की उर्मिला कार्कीले बजारमा चामल,चिनी,तेल सहित लत्ता कपडाको भाउ पनि ह्वात्तै बढेको बताउनुभयो । लिखुतामाकोशी गाउँपालिका ४ का […]

स्वावलम्बन लघुबित्तले बचत फिर्ता नदिएको रामेछापका नागरीकको गुनासो

रामेछाप नगरपालिका वडा नं ७ की सुनिता तामाङ्गले आजभन्दा १२÷१३ वर्ष अघि स्वावलम्बन लघुबित्तमा बचत गर्न सुरु गर्नुभयो । गाउँमै बैँक आयो भन्दै त्यसबेला उक्त लघुबित्तका केही कर्मचारी समुह बनाउन गाउँ पसे । गाउँमै आएको स्वाबलम्बन बैँक भन्दै लघुबित्तका कर्मचारीले धेरैलाई सदस्य बनाए । समुह पनि गठन गरे । त्यो समयदेखी हरेक महिना ३ सयदेखी […]