कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रामेछाप ९२ अङ्क ल्याएर ४० औँ स्थानमा रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा देशभरका जिल्ला प्रशासनहरूको कामका आधारमा गरेको मूल्याङ्कनमा रामेछाप ४० औँ स्थानमा परेको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापले ९२.६८७५ अंक पाएर ४० औँ स्थानमा परेको गृह मन्त्रालयले सार्वजनिक गरेको जिल्ला श्रेणी तालिकामा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देही पहिलो स्थानमा
कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अङ्क ल्याएर पहिलो स्थानमा रहेको छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६ दशमलब २५ अङ्कसहित अन्तिम स्थानमा छ । ५७ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९० भन्दा बढी अङ्क ल्याएका छन् ।
गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कामका आधारमा गरेको मूल्याङ्कनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ भन्दा बढि अङ्क ल्याएका छन् ।
कार्यसम्पादन मुल्याङ्कन सम्झौता बमोजिम मुल्याङ्क गर्दा जिल्ला प्रशासन कार्यालयहरुले ७६ दशमलब २५ देखि ९८ अङ्कसम्म पाएको मन्त्रालयले जनाएको छ । रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १० को सूचीभित्र परेका छन् ।