जिल्ला अस्पताल रामेछापमा प्रसुति सेवा प्रभावकारी बन्दै(अन्तरवार्ता)

जिल्ला अस्पताल रामेछापमा एक वर्षअधिदेखि सुरु भएको प्रसुति सेवा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । अहिलेसम्मको अबस्थामा अस्पतालमा ३४ जनाले शल्यक्रिया मार्फत प्रसुति सेवा लिएका छन । जटिल प्रसुति अवस्थामा पुगेका ३४ जना महिलाको शल्यक्रिया गरिएको अस्पतालका विशेषज्ञ डाक्टर मनोज यादवले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी भएका सबै जनाकै स्वास्थ्य अवस्था सामान्य […]

रामेछाप नगरपालिकाले आमाबाबु विहिन बालबालिकालाई भत्ता दिने

रामेछापको रामेछाप नगरपालिकाले आमाबाबु बिहिन बालबालिकालाई मासिक २ हजार भत्ता उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारबाट स्वीकृत आर्थिक बर्ष ०७९÷८० मा कार्यान्वयन हुने सशर्त कार्यक्रम अन्तर्गत प्रति बालबालिकालाई २ हजार का दरले भत्ता उपलब्ध गराईने नगरपालिकाले जनाएको छ । नगरपालिका भित्रका १८ बर्ष उमेर पुरा नभएका बालबालिका वा निजको संरक्षक, माथवर वा स्याहार […]

जिल्ला प्रशासन कार्यालय रामेछापमा निःशुल्क अनलाइन फाराम भर्ने ब्यवस्था

जिल्ला प्रशासन कार्यालय रामेछापले राहादानी लिन आउने सेवाग्राहीलाई सहज होस् भन्ने उद्धेश्यले निःशुल्क अनलाइन फाराम भर्ने सुविधा उपलव्ध गराएसँगै नागरिकमा खुशी छाएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सेवाग्रहीको सुविधानको लागि पहिलो पटक प्रशासन कार्यालयभित्रै राहदानी फर्म निःशुल्क भर्ने ब्यवस्था गरेको हो । जिल्ला प्रशासन कार्यालय रामेछापले राहदानी बनाउन आउने सेवाग्राहीको लागि छुट्टै कक्ष र […]

वडावडामै पुगेर योजना सम्झौता गर्दै गोकुलगंगा गाउँपालिका

रामेछापको गोकुलगंगा गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । गाउँसभाबाट विनियोजन भएका योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न थालिएको गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का(दिनेश) ले बताउनुभयो । गाउँपालिकाबासीहरुलाई संभव भएसम्म सहज र सरल ढंगबाट घरदैलाेमै सेवा पुराउने उदेश्य र चाहना बमाेजिम वडा वडामै पुगेर योजना सम्झौता गरिएको […]

रामेछापमा २ सय ३४ जनामा डेङ्गु पुष्टि हुँदा ३ जनाले ज्यान गुमाए

रामेछापमा २ सय ३४ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गु पुष्टि हुँदा ३ जनाले ज्यान गुमाएका छन । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार साउनको दोस्रो सातादेखि हालसम्म रामेछामपा डेङ्गुबाट सङ्क्रमितको संख्या २ सय ३४ पुगेको हो । अहिलेसम्म ३ जनाले ज्यान गुमाएका हुन । बागमती प्रदेशमा ४२ हजार जनामा डेङ्गु पुष्टि बागमती प्रदेशमा हालसम्म डेङ्गु […]

कम्प्युटर एसोसिएसन रामेछापको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

कम्प्युटर एसोसिएसन (क्यान महासंघ) रामेछापको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन आज मन्थलीमा सम्पन्न भएको छ ।सभाले निरज सापकोटाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमित चयन गर्दै अधिवेसन सम्पन्न गरेको हो । यसै गरि साधारण सभाले उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश : दधिलाल नेपाल, राजु श्रेष्ठ ( विजय), दिपक कुमार श्रेष्ठ र झनक बुढाथोकी (उत्तम) तथा […]

रामेछाप नगरपालिकाको वडावडामै योजना सम्झौता,उपभोक्तालाई सहज

रामेछाप नगरपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गरिएको प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले जानकारी दिनुभयो । विगतका वर्षहरु जस्तै यस वर्ष पनि नगरपालिकाले वडावडामै पुगेर योजना सम्झौता गरेको हो । प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, […]

रामेछापको भिरपानीमा अटो दुर्घटना, चालक सहित ५ जना घाईते

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा अटो दुर्घटना भएको छ । आज बिहान अन्दाजी ११ बजेर ४० मिनेटको समयमा भिरपानी हुन्दुरखोला भन्ने ठाउँमा अटो दुर्घटना भएको हो । पकरवासबाट सिन्धुली तर्फ जाँदै गरेको ज १ ह ५०६९ नं को अटो आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ५ मिटर तल खसेको हो । अटो दुर्घटनामा चालक […]

रामेछाप सहित बागमती प्रदेशका नौ जिल्लामा मानवअधिकार उल्लंघनका उजुरी

बागमती प्रदेशअन्तर्गत रामेछाप जिल्ला सहित विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लंघनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोगको बागमती प्रदेश कार्यालयले जनाएको छ । प्रदेशको १३ जिल्लामध्ये नौ जिल्लामा गरी कूल ३३ मानवअधिकार उल्लंघनको विभिन्न किसिमका उजुरी सो कार्यालयमा परेको जनाएको छ । कार्यालयका प्रमुख यज्ञ अधिकारीले प्रदेशको सबैभन्दा बढी काठमाडौं र ललितपुर जिल्लामा मानवअधिकार […]

रामेछापको मन्थली नगरपालिकाले मनायो ९ औँ स्थापना दिवस

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आज ९ औँ स्थापना दिवस मनाएको छ । मन्थली नगरपालिका कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा मन्थली नगरपालिकाका विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट काम गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । मन्थली नगरपालिकाका नगर प्रमुख लब कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको नगरको हालसम्मको […]