रामेछाप नगरपालिकाले आमाबाबु विहिन बालबालिकालाई भत्ता दिने
रामेछापको रामेछाप नगरपालिकाले आमाबाबु बिहिन बालबालिकालाई मासिक २ हजार भत्ता उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारबाट स्वीकृत आर्थिक बर्ष ०७९÷८० मा कार्यान्वयन हुने सशर्त कार्यक्रम अन्तर्गत प्रति बालबालिकालाई २ हजार का दरले भत्ता उपलब्ध गराईने नगरपालिकाले जनाएको छ । नगरपालिका भित्रका १८ बर्ष उमेर पुरा नभएका बालबालिका वा निजको संरक्षक, माथवर वा स्याहार […]