वनमा आगो लगाउने रामेछाप कात्तिकेटाेलका ७० वर्षीय वृद्ध पक्राउ
वनमा आगाे लगाउदै हिड्ने एक वृद्धलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । वनमा आगाे लगाउदै गरेकाे अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ कात्तिकेटाेल बस्ने ७० वर्षीय अमरबहादुर मगर पक्राउ परेका हुन । गत शुक्रबार अपरान्ह ४ बजेतिर साेही ठाउँको कात्तिके सामुदायिक वनमा आगाे लगाउदै गरेको अवस्थामा वनका […]