मन्थली क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका अविनाश कार्की विजयी

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको उम्मेद्वार अविनाश कार्की विजयी भएका छन् । आइतबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेद्वार पुस्कर भट्टराईलाई ६३ मतान्तरले पराजित गर्दै कार्की विजयी हुनुभएको हो । नेविसंघ, अखिल क्रान्तिकारी र एस निकट अनेरास्ववियुको विद्यार्थीहरुको संयुक्त गठबन्धनबाट सभापति पदका उम्मेद्वार रहेका कार्कीले २ सय ८६ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी […]

सुनापति–शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथनमा सोलुका धावक सुमन कुलुङ प्रथम

रामेछापमा शनिबार भएको ५५ किलोमिटर लामो सुनापति–शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथन प्रतियोगितामा सोलुका धावक सुमन कुलुङ प्रथम हुनुभएको छ । कुलुङले उक्त दुरी ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गर्नुभयो । सुनापतिबाट बिहान ७ बजे सुरु भएको प्रतियोगिताका धावकहरु सुनापति डाँडा, खाँडादेवी मन्दिर, गाल्वा, अग्लेश्वर, दोरम्बा, डाँडाकटेरी, धारा, राजभीर गुफा, छांगा, घलेडाँडा हुँदै शैलुङ पुगेका […]

रामेछाप शैलुङ्गमा शनिबार अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै

रामेछापको शैलुङ्गमा अन्तराष्ट्रिय अल्ट्रा म्याराथन हुने भएको छ । यहि चैत ४ गते शनिबार शैलुङमा पहिलो पटक ‘शैलुङ म्याराथन’ प्रतियोगिता हुने जिल्ला खेलकुल समितिले जानकारी दिएको छ । ५५ किलोमिटर,२५ किलोमिटर र ५ किलोमिटरको म्याराथन दौड प्रतियोगिता हुने छ । जसअन्तरगत ५५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीले सुनापति गाउँपालिका–३ हिलेदेवीको सादीडाँडाबाट ऐतिहासिक स्थल खाँडादेवी […]

रामेछाप सुकाजोरका किसानलाई परिचय पत्र वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका किसानलाई परिचय पत्र वितरण गर्न सुरु गरिएको छ । परिचय पत्रकै आधारमा वडाबाट किसानलाई वीउविजन, मलखाद, कृषि औजार, उपकरण लगायत अनुदान उपलब्ध गराइने वडाअध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । वडा भित्र बसोवास गर्ने वास्तवीक किसानको पहिचान गरी हक अधिकार सुनिश्चित गर्नका लागि परिचय पत्र वितरण गरिएको उहाँको भनाई […]

चैत १७ गतेबाट सुरु हुने एसइई परीक्षामा रामेछापबाट ३ हजार बढी विद्यार्थी सहभागी हुने

यही चैत महिनाको १७ गतेदेखि २९ गते सम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा रामेछापबाट यो वर्ष ३ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तहमा रहेको ९६ वटा माध्यमिक विद्यालयका ३ हजार २३१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुन लागेका हुन् । […]

जिल्ला अस्पताल रामेछापमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु

जिल्ला अस्पताल रामेछापमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ । कार्यक्रम अन्तर्गत जिल्ला अस्पतालमा नसर्ने रोगसम्बन्धी जाँच निःशुल्क गरिने जनाइएको छ । अस्पतालमा चिकित्सकद्वारा नसर्ने रोगसम्बन्धी इतिहास र शारीरिक जाँच, दम–खोकीको क्याट टेस्ट, तौल, उचाइ र पेटको मोटाइ, श्वासप्रश्वास, रक्तचाप नाप, मधुमेह तथा महिलाका लागि ‘भीआइए’को निःशुल्क परीक्षण गरिनेछ । कार्यक्रममा पिसाब, दिसा, रगत, […]

रामेछापमा स्ववियु निर्वाचनमा कार्की र भट्टराईको टक्कर,कस्ले मार्ला बाजी ?

यहि चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादी पार्टी निकट (अनेरास्ववियू) विद्यार्थी संगठनले अभिनाश कार्कीलाई सभापतिमा उठाएको हो । त्यस्तै गरी नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट पुष्कर भट्टराईले उम्मेदवारी दिनुभएको हो । संयुक्त गठबन्धन […]

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनको प्यानल विजयी

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनको प्यानलै विजयी भएको छ ।नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नवीन थापा मगरको टिम नै विजयी भएको हो । अध्यक्षमा निर्वाचित थापामगरले ६७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट व्यवसायी नवराज ढुङ्गेलले ५३९ मत मात्रै पाएका छन् ।यस्तै वरिष्ठ उपाध्यक्षमा सुमिका […]

रामेछाप उद्योग बाणिज्य संघको निर्वाचन आज,थापा र ढुंगेलबिच प्रतिस्पर्धा

रामेछाप उद्योग बाणिज्य संघको निर्वाचन आज हुँदै छ । निर्वाचनमा १४ पदका लागि २८ जना उमेद्वार प्रतिस्पर्धामा छन । निर्वाचनमा नविन कुमार थापा र नवराज ढुंगेलबिच प्रतिस्पर्धा हुँदै छ । नविन कुमार थापा मगरको नेतृत्वमा रहेको संयुक्त ब्यवसायी तथा समावेसी समुहमा :  वरिष्ठ उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, वाणिज्य तर्फको उपाध्यक्षमा राम सुदिश शाह, उद्योग तर्फको […]

रामेछाप गोठगाउँको जंगलमा भिषण आगलागी,बस्ती जोखिममा,जंगल सखाप

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँको जंगलमा भिषण आगलागी भएको छ । बिहिबारदेखी गैरीखोप रानी बनमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको वडा सदस्य सृजना श्रेष्ठले जानकारी दिनुभयो । बस्ती नजिकैको जंगलमा आगो लागेकाले रातभर जाग्राम बसेर बस्तीलाई भने जोगाउन सफल भएको उहाँले बताउनुभयो । नेपाली सेना र स्थानियले आगो नियन्त्रणमा लिने प्रयास […]