खसी चोरी गरेर बेच्दै गर्दा रामेछाप मजुवाका तामाङ पक्राउ

खसी चोरी गरेर बेच्दै गर्दा रामेछापका एक पुरुष पक्राउ परेका छन । यहि वैशाख ५ गते मंगलबार खसी चारी गर्ने खाँडादेवी गाउँपालिका –२ चुल्ठेपानीका हिमाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार रातको २ बजेको समयमा चुल्ठेपानीकै मनोज बुढाथोकीको गोठबाट २ वटा खसी चोरी गरेर सित्खा बजारमा बिक्री गरीरहेको अवस्थामा तामाङ पक्राउ परेका हुन । […]

पसलमा आगलागी हुँदा चौबिस लाख बढीको क्षती

रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं २ ढाडेमा एक पसलमा आगलागी भएको छ । सोही ठाउँका किमान सिंङ तामाङको घरको भुई तलामा संचालमा रहेको इमरन ईसन इलेक्ट्रोनिक्स तथा किरना पसलमा गए राति २ः३० बजेको समयमा आगलागी भएको हो । तामाङको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हँुदा पसलमा रहेको नगद तथा जिन्सि सामान जलेर नष्ट भएका […]

रामेछापको मन्थलीमा मोटरसाइकल चोरीको आरोपमा प्रहरी जवान पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापको सवारी चालकको रुपमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी चोरीको अभियोगमा सोमबार पक्राउ परेका छन् । प्रहरी आफैं चोरी कार्यमा संलग्न रहेको र गलत कार्य गर्ने प्रहरीलाई कानुनी दायरामा ल्याएको रामेछापमा यो पहिलोपटक हो । जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेकै बेला मन्थलीबाट उनले पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेको तथ्य सीसीक्यामेराको फुटेजमा […]

रामेछापका ८ स्थानीयतहको बेरुजू ३७ करोड ७९ लाख,खाँडादेवी गाउँपालिकाको बेरुजू सबैभन्दा बढी

गत आर्थिक वर्ष २०७८/०७९ मा रामेछापका ८ स्थानीयतहको ३७ करोड ७९ लाख रुपैयाँ रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको ६०औँ प्रतिवेदनमा रामेछापका ८ स्थानीयतहको बेरुजू रकम ३७ करोड ७९ लाख ७ हजार रुपैयाँ देखिएको हो । यस मध्ये खाँडादेवी गाउँपालिकाको सबैभन्दा बढी बेरुजू देखिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा खाँडादेवी गाउँपालिका बेरुजू रकम ९ […]

रामेछाप मन्थलीमा रामेछाप साँस्कृतिक तथा सडक महोत्सवको रौनक

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रामेछाप सास्कृतिक तथा सडक महोत्सव २०८० सुरु भएको छ । महोत्सवको उद्घाटन संघिय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले गर्नुभयो । रामेछाप उद्योग बाणिज्य संघको अगुवाइमा शुक्रवारदेखि महोत्सव सुरु भएको हो । महोत्सवले जिल्लामा पर्यटन प्रवर्द्धन गर्न र सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । महोत्सवको पहिलो दिन शुक्रवार […]

रामेछापका अधिकांश सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क असुल्दै

सरकारले माध्यमिक शिक्षा निशुल्क हुने व्यवस्था गरे पनि रामेछापका अधिकांश सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क असुलिरहेका छन् । शिक्षा ऐन २०२८ को दफा १६ मा सामुदायिक विद्यालयले कुनै पनि अतिरिक्त शुल्क लिन नपाइने उल्लेख गरिएको छ । तर, रामेछापका धेरै विद्यालयहरुले विभिन्न बहानामा शुल्क असुल्दै आएको अभिावकहरले गुनासो गरेका छन । विद्यालयले ९ र १० […]

नागरीक आरोग्य सेवा केन्द्र हिलेपानीमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

रामेछाप नगरपालिका ७ सुकाजोर हिलेपानीमा रहेको नागरीक आरोग्य सेवा केन्दमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको छ । बुधबार (आज) रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले आफ्नो रक्तचाप जाँच गराएर उक्त कार्यक्रमको सुरुवात गर्नुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट संचालन भैरहेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम यहाँ पनि सुरुवात गरिएको हो । यो कार्यक्रम अन्तर्गत […]

रामेछाप ओख्रेनीमा आगोलागीबाट जुनारको बगैँचा जलेर नष्ट

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा आगोलागीबाट जुनारको बगैँचा जलेर नष्ट भएको छ । सिलिङ्गे चेप्टे ढुङ्गा सामुदायीक बनमा मंगलबार लागेको आगो जंगल नजिकैको जुनार बगैँचामा फैलिँदा जुनारको बगैँचा जलेर नष्ट भएको हो । फत्त बहादुर खड्काको सय बोट जुनार र लाल बहादुर तामाङ्ग्को तिन सय बोट गरि चारसय बोट जुनार जलेर नष्ट […]

रामेछापमा आगलागीको जोखिम बढ्यो,नियन्त्रणको पूर्वतयारी शुन्य

रामेछापमा गर्मीयाम सुरु भएसँगै आगलागीको जोखिम पनि बढेको छ । तर सम्भावित आगलागी नियन्त्रणका लागि पूर्वतयारी भने शुन्य देखिएको छ । चैत बैशाखमा सुख्खा हुने, बोटबिरुवाका पात झर्ने र हावाहुरी समेत बढी चल्ने हुनाले भएकाले आगलागीको बढी जोखिम हुन्छ । खासगरी यो समयमा रामेछापका बनजङ्गल घाँसे पाखाहरूमा बढी आगलागी हुने गरेको छन् । बनसँगै बस्ती […]

रामेछापको मन्थलीमा निर्माण भएको सेफ हाउस अझै सञ्चालनमा आउन सकेन

रामेछापको मन्थलीमा दुई वर्ष अघि नै निर्माण भएको सेफ हाउस अझै सञ्चालन हुन सकेको छैन । सेफ हाउस सञ्चालनमा नआउँदा मन्थली नगरपालिकामा घरेलु हिंसालगायत विभिन्न समस्या भोग्न बाध्य महिलालाई दिनहुँ उद्धार गरि सुरक्षित ठाउँमा राख्नुपर्ने अवस्था छ । तर पालिकामा व्यवस्थित र सुरक्षित आवास गृह अर्थात सेफ हाउस छैन । पालिकाले कृषि ज्ञान केन्द्रको गोदाम […]