विश्व रेडक्रस दिवसको अवसरमा रामेछापमा बिरामीलाई फलफूल वितरण

मानवतालाई जीवित राखौं भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस मनाइएको छ । दिवसको अवसरमा रेडक्रम शाखा रामेछाप बजारले रामेछाप अस्पतालमा बेड भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ । रामेछाप शाखाका सभापति रविन्द कुमार श्रेष्ठ (दिनेश),रामेछाप नगरपालिका ७ का वडाअध्यक्ष समिर कार्की,वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्ग सहितको उपस्थिीतीमा बिरामीलाई फलफूल वितरण […]

सरोकारवालाको बेवास्ताका कारण रामेछापको बिटार पार्क संरक्षणमा समस्या

स्थानीय सरोकारवालाको बेवास्ताका कारण रामेछापको बिटार पार्क संरक्षणमा समस्या भएको छ । ५ वर्ष अघि भएको लकडाउनका बेला मानिसलाई दिन कटाउन र मनोरञ्जन लिन सहज होस् भन्ने उद्देश्यले रामेछापका सहयोगी मनहरूको सक्रियतामा यो पार्क बनेको थियो । तर हिजोआज भने यसप्रति कसैको चासो देखिएको छैन । विभिन्न दातृ निकायहरूसँग चन्दा मागेर करिब १ करोडको लगानीमा […]

बच्चाहरुको हरेक किसिमको उपचार अब रामेछाप अस्पताबाटै हुने

बच्चाहरुको हरेक किसिमको उपचार अब रामेछाप अस्पताबाटै हुने भएको छ । अस्पतालमा नियमित रुपमा बच्चाहरुको लागी ओपीडी,ईमर्जेन्सी र एसएनसियु सेवा सुरु भएको छ । यहि वैशाखको पहिलो हप्तादेखी नै यो सेवा सुरु भएको जिल्ला अस्पताल रामेछापका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले बताउनुभयो । बाल रोग विशेषज्ञ डाक्टर नारायण यादवबाट नियमित रुपमा ओपीडी,ईमर्जेन्सी र एसएनसियु सेवा […]

रामेछापको सेलेघाटमा बोलेरो दुर्घटना हुँदा तीन जना घाइते

रामेछापको सेलेघाटमा सोमबार(आज) बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।  मन्थलीबाट खुर्काेट तर्फ जाँदै गरेको बा १८ च ६१४७ नम्बरको बोलेरो दुर्घटनामा परेको हो । दुर्घटनामा बोलेरो चालक सहित तीन जना घाइते भएका छन । घाइते हुनेहरुमा बोलेरो चालक धनुषाका वर्ष २३ को हेमन्त कुमाल,सर्लाहीका वर्ष २० को पवन परियार […]

रामेछापबाट काठमाण्डौँ जाँदै गरेको माइक्रोभ्यान दुर्घटना ६ जना घाइते

रामेछापको मन्थलीबाट काठमाडौ जाँदैै गरेको विद्युतीय माइक्रोभ्यान दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । शनिबार(आज) दिउँसो करिब २ बजेको समयमा वीपी राजमार्ग अन्तगर्त काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमा दुर्घटना हुँदा एकै घरका चार सहित ६ जना घाइते भएका हुन् । घाइते हुनेमा मन्थली नगरपालिका–८ का २८ वर्षीय श्रवढा कुमार माझी, उनकी श्रीमती ३५ वर्षीया […]

रामेछाप नगरपालिका–८ चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु

रामेछापको रामेछाप नगरपालिका ८ चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार(आज) दिउँसो वनमा लागेको आगो घरमा सल्किँदा ३२ वर्षकी रमिता तामाङ्गको मृत्यु भएको हो । दुई वटा खरको छानो भएको घरमा आगो लाग्दा मानविय क्षती भएको वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले जानकारी दिनुभयो । उहाँको अनुसार मानविय तथा पशु […]

आगलागी हुनबाट रामेछाप अस्पताल जोगियो,जोखिम भने कायमै

रामेछापको पुरानो सदरमुकाम रामेछाप डाँडामा रहेको रामेछाप अस्पताल आगलागी हुनबाट जोगिएको छ । बुधबार(आज) साँझ एक्कासि अस्पताल नजिकै रहेको जंगलमा भीषण आगो लागेपछि अस्पताल परिसर भित्रै आगो प्रवेश गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठका अनुसार आगो अक्सिजन प्लान्ट नजिकै पुगेको हो । सबैको सहयोगले अस्पताल आगो लाग्नबाट जोगिएको उहाँले बताउनुभयो । अस्पताल […]

रामेछाप अस्पताल नजिकैको जंगलमा भीषण आगलागी,अस्पताल जोखिममा

रामेछापको पुरानो सदरमुकाम रामेछाप डाँडामा रहेको रामेछाप अस्पताल आगलागीको जोखिममा परेको छ । बुधबार(आज) साँझ एक्कासि अस्पताल नजिकै रहेको जंगलमा आगो लागेपछि अस्पताल परिसर भित्रै आगो प्रवेश गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठका अनुसार आगो अक्सिजन प्लान्ट नजिकै पुगेको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो धेरै ठूलो भएका […]

रामेछाप ल्याङ्गल्याङ्गमा आगलागीबाट एक घर सहित सात वटा गोठ जल्यो

रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङ्गल्याङ्गमा आगलागीबाट एक घर सहित सात वटा गोठ जलेको छ । वडा नं ९ ल्याङ्गल्याङ्गको गोल्मटारमा बुधबार(आज) दिउँसो भएको आगलागीबाट मकर भुजेलको घर जलेको हो । बस्ती नजिकैको वनमा लागेको आगोले दुई कोठे भूकम्प प्रतिरोधी घर जलेको वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो । वडा नं ९ कै […]

दर्ता नभएको औषधी भेटिएपछि मन्थलीको दिपसन फार्मेसी र साकुरा मेडिकल हल निलम्बनमा

दर्ता नभएको औषधी फार्मेसीमा राखेर बेचबिखन गर्ने औषधी पसल निलम्बनमा परेका छन् । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १ मन्थली बजारमा सञ्चालित १ फार्मेसी र १ मेडिकल हल निलम्बनमा परेका हुन् । दर्ता नभएको औषधी फार्मेसीमा राखेर बेचबिखन गरिएको लगायतका गैर कानुनी व्यापार व्यवसाय तथा कारोबार गर्ने मन्थली बजारमा सञ्चालित दिपसन फार्मेसी र साकुरा […]