नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका ५ सय बढीले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा आइतबार (आज)  भएको नाक,कान,घाँटी,नशा तथा मानसिक रोग शिविरमा ५ सय बढीले सेवा लिएका छन । मानसिक अस्पताल पाटन लगनखेल ललितपुरमा कार्यरत मानसिक तथा नशा रोग बिशेषज्ञ डा. नबिन देबकोटा र नाक,कान,घाँटी रोग सम्बन्धित वीर अस्पताल काठमाण्डौँमा कार्यरत विशेषज्ञ डाक्टर सुधिन कायस्थले शिविरमा सेवा दिनुभएको हो । “अस्पातलमा मानसिक स्वास्थ्य सन्चालन तथा सुद्रिढिकरण“ […]

अपाङ्ग परिचय पत्र अद्यावधिक गर्दै रामेछाप नगरपालिका

रामेछापको रामेछाप नगरपालिकाले अपाङ्गता भएकाहरुको परिचय पत्र शिविर मार्फत अद्यावधिक गरिरहेको छ । अपाङ्ग नभएका केही व्यक्तिहरुले भत्ता खाइरहेको पाइएपछि नगरपालिकाले पहिले जारी भएको सबै परिचय पत्र रद्ध गरेर नयाँ परिचय पत्र जारी गर्न थालेको हो । अहिले नगरभरीका सबै अपाङ्ग भएका व्यक्तिहरुलाई जिल्ला अस्पताल रामेछापमा ल्याएर परीक्षण गर्ने काम भैरहेको रामेछाप नगरपालिकाका उपप्रमुख बाल […]

रामेछापको मन्थली नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी सुमित्रा बर्खास्तमा

रामेछापको मन्थली नगरपालिकाले वडा नम्बर ७ को भटौली स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा कार्यरत सिनियर अहेब सुमित्रा श्रेष्ठ गत असार ८ गतेदेखि कार्यालयमा अनुपस्थित भएपछि उनलाई बर्खास्त गरिएको मन्थली नगरपालिकाले जानकारी दिएको छ । अहेब श्रेष्ठलाई मन्थली नगरपालिकाले वडा नम्बर ७ को भटौली स्वास्थ्य केन्द्रमा खटाएको थियो । […]

दसैँ अवधिमा रामेछापमा ६ सय ५० सवारी साधन कारबाहीमा

रामेछापमा दसैँको अवधिमा नियम विपरीत सञ्चालन भएका ६ सय ५० सवारी साधन कारबाहीमा परेका छन् । नियमविपरीत सञ्चालित सवारी साधनलाई नियन्त्रणमा लिइ कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताउनुभयो । ट्राफिक प्रहरीले कार्तिक १ गतेदेखि ११ गतेसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेर ६ लाख ५० हजार रुपैयाँ राजस्व […]

यस वर्ष तिहार ढिलो भएका कारण सयपत्री र गोदावरी फूलहरू सुक्न थाले

यस वर्ष तिहार ढिलो भएका कारण रामेछाप सहित धरै ठाउँमा सयपत्री र मखमली फूलहरू सुक्न थालेका छन् । यस वर्षको भाइटीका केही ढिला परेकाले अघिल्लो वर्षकै समयमा फूल रोप्नेहरु समस्यामा परेका हुन् । रामेछापको सुनापती गाउँपालिकाकी रुपा कार्कीले तिहारका लागी रोपेका फूलहरू सुक्न थालेको गुनासो गर्नुभयो । “भाईटिकासम्म पनि यो वर्ष फूलहरू नबस्ला जस्तो भयो […]

रामेछापमा लोप हुँदै पिङ हाल्ने परम्परा

दसैँ–तिहारका बेलामा पिङ हाल्ने परम्परा कही वर्षअघिदेखि रामेछाप जिल्लामा लोप हुँदै जान थालेको छ । गाउँदेखि ठूला सहरबजारमा दसैँ आउन केही समयअघिदेखि पिङमा रमाउने यो मौलिक परम्परा अहिलेका युवापुस्ताको बेवास्ताका कारण लोप हुन थालेको हो । विगतमा जिल्लाका विभिन्न गाउँ, टोल, सहरबजारमा दर्जनौं रोटे, जाँते र लिङ्गे पिङमा बालबच्चादेखि युवायुवतीको भीड हुने गर्दथ्यो । विस्तारै […]

रामेछाप नगरपालिका-८ मा भएको वक्तृत्वकला प्रतियोगितामा स्वनीका कार्की प्रथम

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा शुक्रबार(आज)वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । दशैँ,तिहार तथा छठ पर्वको शुभकामना आदन प्रदान कार्यक्रम सहित वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको हो । बाल अधिकार हाम्रो सरोकार सम्बन्धि भएको उक्त वक्तृत्वकला प्रतियोगितामा वडा भित्रका विभिन्न बाल समुहका विद्याथी भाईबहिनीहरुले सहभागीता जनाएका थिए । १० जना सहभागी वक्तृत्वकला […]

आधुनिक रंगरोगनले रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै

आधुनिक रंगरोगनले रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको छ । दसैँ सुरु हुनासाथ घरआँगनको लिपपोतका लागी रातो,सेतो र पँहेलो माटो ल्याएर लगाउने चलन थियो । तर आज भोली यो चलन हराउँदै गएको छ । केही वर्षअघिसम्म दसैँ सुरु हुनेबित्तिकै घरआँगनको लिपपोत, सरसफाइ हरेक परिवारको पहिलो काम हुन्थ्यो । तर हिजोआज रातो माटो र […]

रामेछापको मन्थली आउँदै गरेको ईलेक्ट्रोनिक गाडी धुलिखेलमा दुर्घटना,एकको मृत्यु

बीपी राजमार्गको धुलिखेल सुन्दर बस्तीमा मोटरसाइकल र इभी माइक्रो एकआपसमा ठोकिँदा एक यात्रुको मृत्यु भएको छ । बुधबार(आज) बिहान ६ : ४५ बजे काठमाडौंबाट मन्थली आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ नं. को ईलेक्ट्रोनिक गाडीले ईलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिएर भाग्ने क्रममा गाडीमा सवार […]

रामेछाप मन्थलीका आधा दर्जनभन्दा बढी सुनचाँदी पसल कारबाहीमा

रामेछापको सदरमुकाम मन्थलीमा रहेका आधा दर्जनभन्दा बढी सुनचाँदी पसलहरुले तोकिएको भन्दा कम तौल भएको ढक प्रयोग गरेर सुनचाँदीको कारोबार गरेका पाइएको छ । चाँडवाड नजिएसँगै गत असोज २३ र २४ गते जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, रामेछाप खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली र गुणस्तर तथा नापतौल कार्यालय जनकपुरको संयुक्त […]