रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा छैटौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार(आज)देखी सुरु भएको छ । बाग्मती प्रदेशका सांसद तारानारायण श्रेष्ठले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै सांसद श्रेष्ठले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यस्ता प्रतियोगिताले धेरै सहयोग गरेको बताउनुभयो । स्वास्थ्यका लागी पनि […]

रामेछापको हल्देमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रामेछापको हल्देमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जनाको ज्यान गएको हो । लिखु तामाकोशी गाउँपालिका वडा नं ४ कोटगाउँ घर भएका ५७ वर्षीय कमलबहादुर तामाङको उपचारको क्रममा ज्यान गएको रामेछाप प्रहरीले जानकारी दिएको छ । तामाङको मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा ज्यान गएको हो । […]

गोकुलगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सारदा माविले जित्यो

रामेछापको गोकुलगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सारदा माविले जितेको छ । विभिन्न विद्यामा भएको छात्रछात्रा प्रतियोगितामा ठोसेस्थित सारदा माविले ७ स्वर्ण, ९ रजत र ४ काश्यगरी २० पदक प्राप्त गरेको छ । सारदा माविले रनिङ शिल्ड उचालेसँगै जनजागृत माविले उपविजेतामा चित्त बुझाएको छ । उपविजेता बनेको जनजागृत माविले पनि २० पदक हात पारेको छ […]

रामेछाप सुकाजोरका ५१ जना जेष्ठ नागरीकलाई वडा कार्यालयद्धारा सम्मान

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका ५१ जना जेष्ठ नागरीकलाई वडाकार्यालयले सम्मान गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको हो । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले जेष्ठ नागरिकहरू प्रेरणाको श्रोत भएको भन्दै सम्मान गर्न पाउँदा निकै […]

श्री आधारभूत विद्यालयको “विद्यालय बडापत्र” उद्घाटनसँगै समाजसेवी प्रधानबाट विद्यालयलाई ट्याङ्की हस्तान्तरण

रामेछापको मन्थली नगरपालिका वडा नं ६ बेतिनीमा रहेको श्री आधारभूत विद्यालयको “विद्यालय बडापत्र” उद्घाटन गरिएको छ । आइतबार(आज) एक कार्यक्रमको आयोजना गरि “विद्यालय बडापत्र” उद्घाटन गरिएको विद्यालयका शिक्षक राजेश थापा मगरले जानकारी दिनुभयो । वडाध्यक्ष अशोककुमार तामाङ्ले विद्यालयको “विद्यालय बडापत्र” उद्घाटन गर्नुभयो । सोही कार्यक्रममा बोल्दै वडाध्यक्ष तामाङले “विद्यालय बडापत्र”ले विद्यालयले प्रदान गर्ने सेवा तथा […]

रामेछापमा २० करोड भन्दामाथिको जुनार कारोबार हुने अनुमान

पछिल्लो केही वर्ष देखि रामेछापमा अमिलो जातका फलफूल उत्पादन वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मार्फत प्राविधिक तथा अन्य सहयोग पाए पश्चात् उत्पादनमा वृद्धि भएको कृषकहरुले बताएका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले रामेछाप नगरपालिकाको वडाहरु १,२,४,५,६,७ र ८ मन्थली नगरपालिकाको वडाहरु ४,५,६,९,१३ र १४ लाई […]

रामेछापको गोकुलगंगा गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी

रामेछापको गोकुलगंगा गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन भैरहेको छ । चौथो गाउपालिकास्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिबारदेखी सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । पालिका भित्रका ७ वटै माविहरुले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु खेलाईने […]

रामेछापको उमाकुण्ड लिगको ट्रफी मिलनचोक युथ क्लबले जित्यो

रामेछाप जिल्लाको उमाकुण्ड गाउपालिका वाड नं ७ भुजिमा भएको उमाकुण्ड लिगको ट्रफी मिलनचोक युथ क्लबले जितेको छ । महिला र पुरुष दुबै सहभागी खेलमा १६ टिमले भाग लिएका थिए । फाइनलमा बिगु गाउपालिका दोलखा र प्रीति मिलनचोक क्लब रामेछाप बिच प्रतिस्पर्धा भएको थियो । ९० मिनेटको खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि ट्राइब्रेकरमा प्रीति मिलनचोक […]

रामेछापमा खेतिपातीका लागि आधुनिक उपकरण प्रयोग गर्ने क्रम बढ्दै

रामेछापमा पछिल्लो समय खेतिपातीका लागि आधुनिक उपकरण प्रयोग गर्ने क्रम बढेको छ । लागत खर्च कम लाग्ने र समयको पनि बचत हुने भएपछि रामेछापका किसान पनि आधुनिक उपकरणको प्रयोगमा आकर्षित भएका हुन् । रामेछाप नगरपालिका ७ का राम बहादुर मगरका अनुसार केहि वर्षअघिसम्म खेतबारी खन्न र जोत्न गोरुको प्रयोग गरिने भए पनि अचेल खेतबारीमा समयको […]

रामेछापको मन्थली नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा छैटौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी छ । प्रतियोगिताको शुक्रबार सङ्घीय सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम)ले उद्धघाटन गर्नुभयो । प्रतियोगितामा नगरभरीका २२ वटा माध्यमिक विद्यालयहरूले सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु खेलाईने छ ।