रामेछाप नगरपालिकाले एक वर्षको अवधिमा संकलन गर्यो १ करोड २८ लाख बढि राजश्व

रामेछापको रामेछाप नगरपालिकाले एक वर्षको अवधिमा रू. १ करोड २८ लाख ५७ हजार ५०४ रुपैयाँ राजश्व संकलन गरेको छ । नगरपालिकाको वार्षिक राजश्व संकलन लक्ष्य रू. १ करोड १२ लाख १४ हजार रहेकोमा लक्ष्यभन्दा बढी राजश्व संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले बताउनुभयो । नगरपालिका कार्यालयबाट रू. ६८ लाख ७९ हजार ५४२ […]

रामपुरबासिले निशुल्क रगत पाउने,नेपाल रेडक्रससँग सम्झौता

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरबासिले निशुल्क रगत पाउने भएका छन । देशको जुनसुकै ठाउँमा रहेका रामपुरबासिले उपचारको क्रममा रगत आवश्यक परे निशुल्क पाउने व्यवस्था वडा कार्यालयले मिलाएको छ । वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटीबिच रामपुरबासिलाई आवश्यक परेको बेला निशुल्क रगत उपलब्ध गराउने सहमति भएको हो । सहमति पत्रमा वडाअध्यक्ष हरिश्चन्द्र श्रेष्ठ र […]

बालबालिकाको सर्वाङ्गिण विकासका लागी अभिभावक शिक्षा तालिम

“बालबालिकाको सर्वाङ्गिण विकास, अभिभावक शिक्षाले दिन्छ निकास” भन्ने नारासहित रामेछापको सदरमुकाम मन्थलीस्थित फ्रिडम रिसोर्टमा अभिभावक शिक्षासम्बन्धी ७ दिने आधारभूत तालिम सम्पन्न भएको छ । चाइल्ड एड नेटवर्कको आर्थिक सहयोग तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवा अन्तर्गतको ‘ईसीडी हार्मोनी परियोजना’ मार्फत उक्त तालिम संचालन भएको हो । साउन ९ गतेसम्म चलेको तालिमको मुख्य उद्देश्य अभिभावक शिक्षाको […]

रामेछाप नगरपालिकाको पर्यटन र आर्थिक समृद्धिको लागि नयाँ यात्रा चलचित्र

चलचित्र एउटा सशक्त माध्यम हो जसले कुनै क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जनजीवनलाई विश्वसामु उजागर गर्न सक्छ। हो, समग्र रामेछाप नगरको पर्यटन विकास गर्न सिनेमासँग जोड्नु अति आवश्यक छ। पर्यटन र चलचित्र दुवै समाज, अर्थतन्त्र र संस्कृतिमा गहिरो प्रभाव पार्ने माध्यम हुन्। चलचित्रले दर्शकलाई नयाँ ठाउँको भिजुअल अनुभव गराउँछ, जसले आममानिसहरूलाई त्यस स्थानमा पुग्ने […]

विदेश पठाइदिन्छु भन्दै पैसा कुम्ल्याएर वडा सदस्य फरार

विदेश पठाइदिन्छु भन्दै पैसा कुम्ल्याएर वडा सदस्य फरार भएका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ का निर्वाचित वडा सदस्य महेन्द्र मगर आफ्नै वडाका युवाहरुलाई ठगेर सम्पर्क बिहिन बनेका हुन । वडा सदस्य मगरले वडाका युवाहरुलाई आकर्षक काम र कमाई हुने भन्दै यूरोप पठाइदिने आश्वासन दिएर ठगेका हुन । उनले धेरै युवासँग यूरोप जानका […]

रामेछाप प्रशासनले उठायो एक वर्षमा ३ करोड ३१ लाख राजश्व

जिल्ला प्रशासन कार्यालय रामेछापले गत आथिक वर्ष  २०८१/८२ मा ३ करोड ३१ लाख ४० हजार ४ सय ४९ रुपैया राजश्व संकलन गरेको छ । राहदानी,संस्था दर्ता,दण्ड जरिवाना लगायत विभिन्न शिर्षकमा उक्त राजश्व संकलन गरिएको हो । यो अवधिमा प्रशासनले नयाँ नागरिकता ६ हजार ४२७ थान र नागरिकताको प्रतिलिपी ५ हजार ९७६ थान जारी गरेको छ […]

रामेछापमा एक वर्षमा सवारी कारबाहिबाट ३२ लाख बढि राजश्व संकलन

रामेछापमा एक वर्षको अवद्यिमा सवारी साधन कारबाहिबाट ३२ लाख ७८ हजार मात्रै राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०८१ को साउन महिनादेखी २०८२ को असार मसान्तसम्म अर्थात वितेको १२ महिनाको अवद्यिमा ३२ लाख ७८ हजार २ रुपैयाँ राजश्व संकलन भएको हो । ट्राफिक नियम विपरित चलेका ठुला तथा साना सवारी साधनहरु कारबाहीबाट उक्त राजश्व […]

रामेछापको गप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नाता पर्ने २७ वर्षीया एलिसा सुनुवारमाथि बुधबार साँझ खुकुरी प्रहार गरेका हुन्। घटनामा गम्भीर घाइते भएकी एलिसा सुनुवारलाई राति नै प्राथमिक उपचारपछि बिहीबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो । […]

हरियाली प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्न सडक छेउमा वृक्षारोपण

हरियाली प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्न सडक छेउमा वृक्षारोपण गरिएको छ । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ ले बुधबार रामेछाप मन्थली सडक खण्डको बावियाखर्कमा विभिन्न प्रजातिका विरुवाहरु रोपेको हो । डिभिजन बन कार्यालय रामेछापले उपलब्ध गराएको कपुर,धुपी लगायतका एक सय पचास भन्दा बढी बिरुवाहरु रोपिएको छ । बावियाखर्क र भंगेरीको सिमाना रातमाटे देखि […]

रामेछाप अस्पतालमा प्रसुती सेवा लिने महिला बढे

रामेछाप अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिलाको संख्या बढेको छ । गत साउनदेखी हालसम्म अर्थात यो एक वर्षको अवधिमा १ सय ७१ जना गर्भवती महिलाले प्रसुती सेवा लिएका हुन । १ सय २६ जना गर्भवती महिलाले सामान्य र ४५ जना महिलाले शल्यक्रिया मार्फत सुत्केरी सेवा लिएको अस्पतालका सिनियर मेडिकल अधिकृत सत्यम पाण्डेले बताउनुभयो । रामेछाप […]