छोराछोरीलाई पैसा (सम्पति) होइन असल संस्कार दिऔं

पैसा (सम्पति) शब्द ल्याटिन शब्द मोनेटाबाट व्युत्पन्न भएको हो जसको अर्थ “सिक्का” मार्फत फ्रान्सेली मोनाई हो। ल्याटिन शब्द रोमको सात पहाडहरू मध्ये एक क्यापिटोलिनमा रहेको जुनोको मन्दिरबाट आएको मानिन्छ । पुरातन संसारमा, जुनो अक्सर पैसा संग सम्बन्धित थियो । रोममा जुनो मोनेटाको मन्दिर प्राचीन रोमको टकसाल अवस्थित थियो। “जुनो” नाम Etruscan देवी Uni र “Moneta” ल्याटिन शब्द “monere” (सम्झना, चेतावनी वा निर्देशन) वा ग्रीक शब्द “Moneres” बाट आएको विभिन्न अध्ययनहरुले बताउँदै आएका छन् । सम्पत्ति (पैसा) एक्काइसौं शताब्दीमा मानव जीवनका लागि जल, तेज, पृथ्वी, वायु र आकाश पछिको छैटौं इन्द्रियको रुपमा लिने गरेको पाइन्छ । ऐले सम्पति यानिकी पैसा विना जीवन नै अधुरो र अन्धकार हुन्छ भनेर हामीले श्रवण गर्दै आएका छौं । पाँच इन्द्रियलाई चलाउने नै सम्पत्ति हो भनेर भनिन्छ । धनकी देवी लक्ष्मी […]

रामेछापको टार गाउँमा २६ वटा घर गोठ जल्दा एक करोड ८६ लाख बढीको क्षति

बिहिबार दिउँसो रामेछापको रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा भएको भिषण आगलागीबाट २६ वटा घर गोठ जलेर नष्ट हुँदा एक करोड ८६ लाख बढीको क्षति भएको छ । आगोलागिबाट १२ घरपरिवारका ८५ जना विस्थापित भएका छन् । हरदेनि सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा यति धेरै क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका […]

आगलागीले रामेछाप टार गाउँका २६ वटा घर गोठ जल्यो

आज(बिहिबार) दिउँसो रामेछापको रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा भएको भिषण आगलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएको छ । वडा नं ९ का वडाअध्यक्ष चन्द्र श्रेष्ठका अनुसार सो गाउँका २६ वटा घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । उहाँका अनुसार १४ वटा घर १२ वटा गोठ जलेर नष्ट भएको छ […]

रामेछापको टार गाउँमा भिषण आगलागीबाट २० भन्दा बढी घर गोठ जलेर नष्ट

रामेछापको रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा आज(बिहिबार) भएको भिषण आगलागीबाट २० भन्दा बढी घर गोठ जलेर नष्ट भएको छ । डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत देवेन्द्र यादवका अनुसार २० भन्दा बढी घर गोठ जलेको अवस्था छ । बस्ती नजिकैको जंगलबाट गाउँमा प्रवेश गरेको आगोले धेरै क्षती भएको छ । बाग्लो बस्ती […]

रामेछापको टार गाउँमा भिषण आगलागी,धेरै घरहरु जलेको अनुमान

रामेछापको रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा भिषण आगलागी भएको छ । बस्ती नजिकैको जंगलबाट गाउँमा प्रवेश गरेको आगोले धेरै घरहरु जलेर नष्ट भएको हुन सक्ने वडाअध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“हामी भर्खरै घटनास्थल पुगेका छौँ । घटनास्थल हेर्दा आगलागीबाट १० वटा भन्दा बढी घर जलेर नष्ट भएको हुन सक्ने अनुमान छ […]

काठमाडौंमा‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’हुँदै

रामेछाप–काठमाडौं पत्रकार समाजले काठमाडौंमा फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ। रामेछापबाट काठमाडौं उपत्यकामा आएर विभिन्न पेशा/व्यवसायमा संलग्न तथा संघ संस्थामा आबद्ध जिल्लाबासीहरुलाई लक्षित गरी चैत १० गते शनिबारदेखि‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’गर्न लागेको संस्थाका महासचिव प्रज्वल पौडेलले जानकारी दिनुभयो । उनका अनुसार अपअन स्पोर्टस् सेन्टर बालुवाखानी कपनमा हुने प्रतियोगितामा व्यक्तिगत एवं संस्थागत रुपमा रामेछाप जिल्लाबासीले […]

नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका एक सय बढी बिरामीले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा बुधबार भएको नाक,कान,घाँटी,नशा तथा मानसिक रोग शिविरमा एक सय बढीले सेवा लिएका छन । “अस्पातलमा मानसिक स्वास्थ्य सन्चालन तथा सुद्रिढिकरण“ कार्यक्रम अन्तर्गत शिविर संचालन गरिएको अस्पतालका सूचना अधिकारी रविन्द्र चौधरीले जानकारी दिनुभयो । शिविरमा नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका विरामीहरुले सेवा लिएको उहाँले बताउनुभयो । जिल्ला अस्पतालमा प्रत्येक महिनाको अन्तिम बुधबार बिशेषज्ञ डाक्टरसँग […]

रामेछापमा छुट्टाछुट्टै घटनामा दुई पुरुषको मृत्यु

रामेछापमा छुट्टा छुट्टै घटनामा परी दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा एक युवक र एक वृद्ध रहेका छन । मामा घरबाट फर्किँदै गर्दा भीरबाट लडेर जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा एक युवकको ज्यान गएको हो । ज्यान गुमाउनेमा सोही पालिकाको वडा नं ७ लखनपुरका नेत्रबहादुर घतानीका २२ वर्षीय छोरा विशाल घतानी रहेका छन् । […]

रामेछाप नगरपालिकामा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा तालिका सार्वजनिक

रामेछापको रामेछाप नगरपालिकाले नगरपालिका भित्रका सबै विद्यालयको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । यहि चैत्र २ गतेबाट कक्षा १ देखी कक्षा ९ सम्मको वार्षिक परीक्षा संचालन हुने नगरपालिकाले एक सूचना मार्फत जानकारी दिएको छ । नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर कार्कीले हस्ताक्षर गर्नुभएको सुचनामा बिहान १० बजेदेखी परीक्षा संचालन हुने बताइएको छ […]

मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन कार्यालय रामेछापको अनुरोध

रामेछापमा मतदाता नामावली विवरण अध्यावधिक सुरु गरिएको छ । आगामी २०८१ वैशााख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूले मतदाता नामावलीमा नाम दर्ता गराउनुपर्नेछ । अन्तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयबाट सङ्कलित नामावलीको अद्यावधिक तथा दावी विरोधको प्रक्रिया सुरु गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको […]