दोरम्बामा २३औँ सहिद स्मृति दिवस तथा सहिद स्मृति पार्क उद्घाटन

दोरम्बामा २३औँ सहिद स्मृति दिवस तथा सहिद स्मृति पार्क उद्घाटन

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ डाँडाकटेरीमा २३औँ दोरम्बा सहिद स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा निर्माण सम्पन्न भएको दोरम्बा सहिद स्मृति पार्कको उद्घाटन गरिएको छ ।

डाँडाकटेरीस्थित सहिद स्मृति पार्कमा आइतबार आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं नेपाल सरकारका तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज श्यामकुमार श्रेष्ठ, केन्द्रीय परिषद् सदस्य अमर लामा, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज सुनिता गौतम,युवराज चौलागाईं, दोरम्बा शैलुङ गाउँपालिका–२ का वडाध्यक्ष मेजमान योञ्जन र वडा नम्बर ५ का वडाध्यक्ष गंगाबहादुर तामाङलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, स्थानीय बासिन्दा तथा नेपाली कम्युनिस्ट पार्टी रामेछापका नेता–कार्यकर्तासहित करिब एक सय जनाको सहभागिता रहेको थियो ।

दोरम्बा क्षेत्रमा तत्कालीन माओवादी द्वन्द्वका क्रममा मारिएका सहिदहरूको सम्झनामा हरेक वर्ष सहिद स्मृति दिवस मनाउँदै आइएको छ। यस अवसरमा सहिदहरूको योगदानको स्मरण गर्दै सहिद स्मृति पार्कको औपचारिक उद्घाटन समेत गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार