नेकपा (एमाले) रामेछापको नवनिर्मित जिल्ला पार्टी कार्यालय ’मदन–आश्रित स्मृति भवन’ को उद्घाटन गरिएको छ । मन्थली नगरपालिका–१ आकाशे स्थित भवनको पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको हो ।
करिब एक करोड ५० लाख रुपैयाँमा भवन निर्माण भएको हो । अझै केही काम बाँकी रहेकाले निर्माण सम्पन्न हुँदासम्म कुल लागत करिब दुई करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
आधुनिक शैलीमा निर्माण गरिएको भवनमा कार्यालय कक्ष, बैठक कक्ष तथा तालिम हलको व्यवस्था गरिएको छ। भवन सञ्चालनमा आएसँगै पार्टीका प्रशासनिक तथा संगठनात्मक गतिविधि सञ्चालन गर्न थप सहज हुने बताइएको छ ।
यसैगरी एमाले रामेछापले ‘मिसन पार्टी जागरण अभियान–२०८३’ लाई औपचारिक रूपमा अघि बढाएको जनाएको छ । ‘मिसन पार्टी जागरण अभियान–२०८३’ लाई जिल्ला, पालिका, वडा र टोल तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने बताइएको छ ।


