कोरोना सङ्क्रमित बिरामीले स्वःघोषण गरे निःशुल्क उपचार हुने

नोबेल कोरोना भाइरसको जाँच र सङ्क्रमितको उपचार स्वयं बिरामीले गर्नुपर्ने ७ दिनअघिको निर्णय सरकारले नसच्याए पनि मापदण्ड मिल्नेगरी बिरामीले स्वघोषण गरेमा निःशुल्क उपचार गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्दै यसको सङ्केत गर्नुभएको हो । कोरोना महामारीबाट जनताको जीवनरक्षाका लागि सरकार कुनै पनि बहानामा पछि नहट्ने प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले […]

बडा दसैँको आज आठौँदिन, दुर्गा भवानाीको पूजा गरी महाअष्टमी मनाइँदै

बडादसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजाआरधना गरी महाअष्टमी पर्व मनाइँदै छ । तर, यस वर्ष भने कोरोना महामारीका कारण पूजाआजा साङ्केतिक रुपमा मात्रै गर्न सरकारले आग्रह गरेको छ । आजको दिन दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा रहेको छ । काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुहृयेश्वरी, […]

रामेछापमा १३२ जनाले जिते कोरोना

रामेछाप जिल्लामा कोरोनालाई जित्नेको सङ्ख्या १३२ पुगेको छ । जिल्लाका थप ३३ जना कोरोना संक्रमितले एकै दिन कोरोना भाइरसलाई जितेँका छन् । कोरोना संक्रमण भएपछि विभिन्न ठाउँमा होम तथा संस्थागत आइसोलशनमा बसेका ३३ जनाले शुक्रबार एकैदिन कोरोनालाई जितेका हुन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार १५ जना महिला र १८ जना पुरुष […]

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुग्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज १७ जनाको मृत्युसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा […]

रामेछापको खाँडादेवीमा पाँच शैयाको अस्पताल संचालनमा

रामेछापको खाँडादेवी गाउँपालिकामा पाँच शैयाको अस्पताल संचालनमा आएको छ । गाउँपालिकाको वडा नं ५ पकरबासमा विहिबार गाउँपालिका अध्यक्ष प्रेम तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले अस्पतालको उद्घाटन गर्दै अस्पताल संचालनमा आएको बताएका छन् । पकरबास स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी पाँच शैयाको अस्थायी अस्पताल संचालनमा ल्याइएको गाउँपालिका अध्यक्ष प्रेम तामाङले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै […]

रामेछाप सुनापतिका ४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप ४ जनामा संक्रमण पुष्टि भएको छ । यहि कार्तिक ३ गते सुनापति गाउँपालिकाबाट पठाइएका ३६ स्वाब मध्ये ४ जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । विहिबार राति आएको रिपोर्ट अनुसार सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीका वर्ष २८ का महिला ,वर्ष ६५ , १७ र ४५ का पुरुषहरुमा कोरोना […]

मानव अधिकारका लागि एकल महिला समुहद्धारा राहत बितरण

मानव अधिकारका लागि महिला एकल महिला समुह जिल्ला समिति रामेछापले जिल्लाका १३ जना बिपन्न एकल महिलाहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, रामेछाप उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष श्याम थापा, अनमिका स्टोर्सका तेज प्रसाद(श्याम) सुबेदी, स्थानीय अप्सरा बुढाथोकी,युवराज सुबेदी निरज सापकोटा र रुद्र फुयाल लगाएतले गरेको सहयोगका कारण दशैको बेला […]

उमाकुण्ड गाउपालिकाको कार्यालयमा लगाइको ताल्चा खुल्यो

रामेछाप जिल्लाको उमाकुण्ड गाउपलिकामा स्थानीय पदम बहादुर खत्रीले बिहिबार बिहान १० बजे लगाएतको ताल्चा प्रहरी, वडा अध्यक्ष, र स्थानीयवासीको रोहबारमा मुचुल्का गरि २ घण्टा पछि खुलाइएको छ । गत ३ बर्ष अघि प्रितिको च्यादलु हुँदै भुजी सम्म जोडने सडक मा आफ्नो उपभोक्ता समिति मार्फत खन्दा खर्च भएको ३३ लाख नपाएको तर त्यहि सडकका लागि यस […]

रामेछापमा कोरोना संक्रमितको संख्या ३ सय १२ पुग्यो, ३८ जनाको रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा आजसम्म २२ सय ५७ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये २ हजार ६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ५६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको रिपोर्ट केहि […]

रामेछापमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप १० जनामा संक्रमण पुष्टि भएको छ । यहि कार्तिक २ गते मन्थली नगरपालिकाबाट पठाइएका ७२ स्वाब मध्ये १० जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । बुधबार राति आएको रिपोर्ट अनुसार २४,४१ वर्षका विद्युतका पुरुष कर्मचारी , ५३ वर्षका सरकारी वकिलको कार्यालयका पुरुष कर्मचारी ,मन्थली नगरपालिका वडा नं १ का […]