रामेछापका शान्ति प्रसाद पौडेल सहित बाग्मती प्रदेशमा थपिए १० मन्त्रीहरु

रामेछापबाट बागमती प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित शान्ति प्रसाद पौडेल बागमतीको मन्त्री बन्नुभएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पौडेललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको हो । अन्तिममा माधव नेपाल छाडेर एमालेमा बस्नुभएका पौडेलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउँनुभएको हो । यस्तै, माधव नेपाल छाडेर एमालेमा बसेकी रचना खड्का आर्थिक मामिला […]

चाडपर्व लक्षित सुपथ मूल्य पसल असोज १ गतेदेखि सञ्चालनमा आउने

सरकारलेचाडपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल असोज १ गतेदेखि सञ्चालन गर्ने भएको छ । दसैँ तिहार, छठजस्ता चाडपर्व नजिकिएसँगै सरकारले सहुलियत पसलसँगै बजार अनुगमन, यात्रु व्यवस्थापनलगायत कार्य सुरु गर्ने तयारी गरेको छ। मुख्यसचिवको नेतृत्वमा हिजो सम्पन्न बैठकले सार्वजनिक यातायातको भाडादर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालना गरी सहज यात्रा व्यवस्थापनलगायतका कार्य […]

तीजको अघिल्लो दिन आज दर खाने दिन मनाइँदै

आज महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन दर खाएर मनाइँदैछ । भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि हिन्दु नारीहरुले दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने गरिन्छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व […]

एकीकृत समाजवादीमा रामेछापका पाँच जना जनप्रतिनिधिहरुले गरे सनाखत

रामेछापका ४ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन । जिल्लाको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत सहित चार जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा रहने भन्दै सनाखत गरेका हुन् । उनिहरुले आज जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गराएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ । आज ४ जना र केहि दिन अघि एक […]

अब रामेछापमा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन हुने

रामेछाप जिल्लामा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन हुने छ । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिसिएमसी) को बैठकले जिल्लाका सबै सामुदायिक तथा निजी बिद्यालय संचालन गर्न दिने निर्णय गरेको हो । लामो समयदेखि भौतिक रुपमा विद्यालय संचालन नभएको, सबै विद्यार्थीको पँहुचमा इन्टरनेट नभएको, कोभिड–१९ को जिल्लाको अवस्था विश्लेशण गर्दा घट्ने क्रममा रहेको र स्मार्ट […]

यहि भदौ २५ गतेदेखि रामेछाप नगरपालिकाका सबै विद्यालय खुल्ने

रामेछापको रामेछाप नगरपालिकाले यहि भदौ २५ गतेदेखि सबै विद्यायमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएको छ । १७ महिना देखि बन्द अबस्थामा रहेका रामेछाप नगरपालिकाका विद्यालय भदौ २५ गते देखि खुल्ने भएका हुन । २०७७ चैत्र ११ गते लगाइएको लकडाउनसँगै बन्द रहेका विद्यालय पहिलो चरणको कोरोना केही कमी हुँदा खुल्ने तयारी गरिएको भएपनि दोस्रो चरणको […]

रामेछापमा भिरबाट लडेर एक वृद्धको मृत्यु

रामेछापमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा चिलाउनेमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको हो । हिजो राति खेतमा पानी लगाउन जाने क्रममा भिरबाट लडेर ७७ वर्षिय टलक बहादुर मगरको मृत्यु गएको सोहि वडाका वडाअध्यक्ष टुपेन्द्र बहादुर तामाङले जानकारी दिनुभयो । मृतकको शव जिल्ला अस्पतालमा पोष्टमार्टमपछि […]

चार प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन मौसम विद्को अनुरोध

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन जलतथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो । आज राति गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका […]

रामेछापको दोरम्बा शैलुङमा उपराष्ट्रपति कप फुटबल प्रतियोगिता हुने

रामेछापमा प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गुराँसेदेवी युवा क्लबले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ३१ गतेबाट कात्तिक ४ गतेसम्म हुने जनाएको छ । प्रतियोगिता रामेछापको दोरम्बास्थित शैलुङमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालको चर्चित ३२ क्लबहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ […]

काँग्रेसको२१ जिल्लामा क्रियाशिल सदस्यता सार्वजनिक हुन बाँकी

नेपाली काँग्रेसको क्रियाशील सदस्यताको सूची दिएका १९ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन । अस्ति शुक्रबार ५६ जिल्लाका क्रियाशील सदस्यको सूची बुझाएको भएपनि हिजोसम्म ३७ जिल्लाको मात्रै वडा अधिवेशन भएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । काँग्रेसले गतशुक्रबारअघि ५६ जिल्लाका क्रियाशील सदस्यको सूची बुझाएको थियो । अझै २१ जिल्लामा क्रियाशिल सदस्यको सूची […]