नेपाल बुद्धिचाल संघ रामेछापको संयोजकमा सौजन्यप्रसाद सत्याल

नेपाल बुद्धिचाल संघ रामेछापको संयोजकमा सौजन्यप्रसाद सत्याल चयन हुनुभएको छ । नेपाल बुद्धिचाल महासंघले सत्यालको नेतृत्वमा ८ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको सदस्यहरुमा हरीवंश कडरीया,बिमल सुवेदी,समाल कार्की,युवराज सुवेदी,केदार थापा,करुणा थापा मगर र प्रताप घिसिङ रहेका छन् । समितिलाई फाल्गुन ७ गते भित्र संघको साधारण सभा र निर्वाचन सम्पन्न गर्नका लागी समय दिइएको […]

विद्यालयमा पानी नहुँदा विद्यार्थी संख्या घट्यो, विद्यार्थीहरु घरबाटै पानी लैजान बाध्य

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको श्री महाकाली आधारभूत विद्यालयमा खानेपानीको समस्याले विद्यार्थी आफ्नो घरबाटै खानेपानीको बोतल झोलामा हालेर पढ्न जाने गरेका छन् । खानेपानीको अभावले गर्दा आधा दिनमै विद्यार्थी पानी पिउने निहुँमा घर आउने गरेको अभिभावक गोविन्द राउतले बताउनुभयो । विद्यालय आसपासमा खानेपानीको कुनै मुहान नहुनु र नगरपालिका तथा वडाले ध्यान […]

रामेछाप सहितका केही जिल्लाका पशुमा खोरेत रोगको सङ्क्रमण,खोप लगाउन विज्ञको सुझाव

आफ्ना पशुमा खोरेत रोगको सङ्क्रमण भएनभएको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् । अहिले ओखलडुङगा, रामेछाप, सिन्धुली, बैतडी, डडेलधुरा र डोटी आसपासका जिल्लाका केही स्थानीय तहमा पालिएका पशुमा खोरेत रोगको सङ्क्रमण देखिएकाले सचेत हुन विज्ञले सुझाव दिएका हुन् । खोरेत तथा सीमा विहिन पशुरोग अन्वेसन प्रयोगशाला बुुढानिलकण्डमा कार्यरत डा. कृष्णराज पाण्डेले आफ्ना पशु चौपायामा खोरेत […]

फर्म दर्ता गर्दैमा अनुदान पाईन्छ भन्ने भ्रममा नपरौँ,काम गरौँ नगर प्रमुख न्यौँपाने

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले फर्म दर्ता गर्दैमा अनुदान पाईन्छ भन्ने भ्रममा नपर्न नागरीकहरुलाई आग्रह गर्नुभयो । नगरपालिकामा फर्म दर्ता हुँदैमा अनुदान नपाईने भन्दै उहाँले अनुदान प्राप्त गर्न काम पनि गरिरहेको हुनुपर्ने बताउनुभयो । नगरपालिकामा अनुदान चाहियो,मेरो पनि कृषि तथा पशुपालन फर्म दर्ता छ भन्दै धेरै आउने गरेको बताउँदै उहाँले काम गरिरहेका फर्महरुको कामको मुल्याङ्कनको […]

रामेछापको सदरमुकाम मन्थली नै बाढी र पहिरोको जोखिममा

रामेछापको सदरमुकाम मन्थली बजार हुँदै पश्चिमतर्फ बग्ने रन्जोर खोलाले मन्थली नगरपालिकाका १, ३, ४ र ५ नम्बर वडालाई जोखिममा पारेको छ । तामाकोशी नदीमा आउने बाढीले पनि बजार क्षेत्रलाई कटान गरिरहेको छ । सदरमुकाम नै बाढी र पहिरोको जोखिममा रहँदा समेत न्यूनीकरणका लागि प्रयास नभएको मन्थलीवासीको गुनासो छ । हिउँदमा खासै डर नभएपनि प्रत्येक वर्षको […]

रामेछाप नगरपालिकामा लोकप्रिय बन्दै ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’

रामेछापको रामेछाप नगरपालिकाले उपप्रमुख सुरक्षित मातृ शिशु कार्यक्रम अन्तर्गत ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’ सञ्चालन गरेको छ । यो कार्यक्रम निकै लोकप्रिय बन्दै गएको उपप्रमुख बाल कुमारी थापा कार्कीले बताउनुभयो । यहि साउन महिनादेखी नगरपालिकाले सुरु गरेको यस कार्यक्रममा एक सय भन्दा बढी सुत्केरी महिलाहरुलाई भेटेर पौष्टिक खानकुरा सहितको कोशेली प्रदान गरिएको उपप्रमुख थापा कार्कीले […]

रामेछापमा ढाकाको सामग्रीले बजार पाएन

रामेछापमा ढाकाको सामग्रीले बजार नपाएको व्यवसायिहरुले गुनासो गरेका छन । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर जिल्लामा धेरै उद्योगले ढाकाका कपडा उत्पादन गर्ने गरेका छन् । हाते तानबाट ढाकाका कपडा बुन्न सुरु गरिएको रामेछापमा अहिले घरका कौशि, बार्दली, कोठासँगै भान्साघरमा समेत तान राखेर ढाका कपडा बुन्ने गरेको पाइन्छ । ढाका बुनाइमा संलग्न हुनेको सङ्ख्या […]

रामेछापमा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा ७१ जना उतिर्ण

रामेछापमा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा ७१ जना उतिर्ण भएका छन । रामेछापमा १५४ पदका लागि भएको परीक्षामा ७१ जना मात्रै उतिर्ण भएका हुन । आयोगको तथ्यांक अनुसार लिखित परिक्षामा उतिर्ण भएकाहरुलाई गणना गर्दा रामेछापमा अझै ८३ पद रिक्त हुनेछ । आयोगले २०७८ साल चैत १९ गते र २०७९ असार १३ गते लिएको […]

भ्रष्टचार विरुद्धको अभियानको केन्द्रिय कार्यालय रामेछापको मन्थलीमा स्थापना

भ्रष्टचार विरुद्धको अभियानको केन्द्रिय कार्यालय रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबार उद्धघाटन गरिएको छ । भ्रष्टचार विरुद्धको अभियान्ता यम बहादुर थापाले ७७ जिल्लाकै केन्द्रिय कार्यालय मन्थलीमा स्थापना गरिएको बताउनुभयो । समाजसेवी गुन्ज बहादुर श्रेष्ठले कार्यालय उद्धघाटन गर्नुभयो । कार्यालय उद्धघाटन गर्दै श्रेष्ठले भ्रष्टचार नियन्त्रणमा सबै उकजुट भएर लाग्नुपर्ने बताउनुभयो । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले हरेक नागरीकले […]

रामेछाप चनखुमा माघ ९ गते सोनाम ल्होछार विषेश सांस्कृतिक समारोह हुँदै

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर -१० चनखुमा `छैठौँ -वृहत् सोनाम ल्होछार सांस्कृतिक समारोह :२०७९´ हुने भएको छ । “तामाङ भाषा,कला धर्म र संस्कृति हाम्रो पहिचान ,यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नाराको साथमा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले गर्दै आइरहेको ल्होछार कार्यक्रम माघ ९ गते गर्न लागेको संस्थाको अध्यक्ष कुलमान योन्जनले […]