रामेछाप नगरपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि
रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप नगरपालिकाका २७ वर्षकी एक महिलामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । हाल संक्रमित महिला काठमाडौँमा बस्दै आएका छन् । उनी करिब १ वर्ष पहिले जिल्लाबाट काठमाडौं गएको स्वास्थ्य कायालय रामेछापले जनाएको छ […]