रामेछापका ३८ जनाको पिसीआर रिपोर्ट आउन बाँकी , २३ जना क्वारेन्टिनमा

रामेछापका ३८ जनाको पिसीआर रिपोर्ट आउन बाँकी , २३ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा सोमबार अर्थात आजसम्म १ हजार १ सय ६३ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ३८ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ४ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

जिल्लामा हालसम्म १ हजार ८८ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ८० , तामाकोसी अस्पतालमा ४९ , मन्थली नगरपालिकामा ३ सय ३८ , रामेछाप नगरपालिकामा १३७ , उमाकुण्ड गाउँपालिकामा ६५, खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १, दोरम्बा गाउँपालिकामा ४० , लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ५७ जना गरी १ हजार १ सय ६३ जनाकोे पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

रामेछाप जिल्लाका २३ जना क्वारेन्टिनमा

रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म २३ जना क्वारेन्टिनमा रहेका छन । ३ जना महिला र २० जना पुरुष गरी २३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछाप नगरपालिकामा ४ ,उमाकुण्ड गाउँपालिकामा ९ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ५ जना गरी जिल्लाभर २३ जना क्वारेन्टिनमा रहेका छन् । मन्थली नगरपालिका ,दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय १४ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार