आज रामेछाप जिल्लाका थप २ जनामा कोरोना पुष्टि

आज रामेछाप जिल्लाका थप २ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप जिल्ला घर भएका वर्ष २८ र ३८ का दुई पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । संक्रमित दुबैजना पुरुष काठमाडौँमा बस्दै आएका छन् । उनिहरुको स्वाब काठमाडौँमै परिक्षण गरिएको थियो ।रामेछाप जिल्लाका हालसम्म ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थपिए १०६९ जना कोरोना संक्रमित
नेपालमा पछिल्ले २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०६९ जना संक्रमित थपिएको जानकारी दिनुभयो । यो सहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा ७६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १८ हजार ११२ छ ।

पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु

पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको थियो । हालसम्म ७ लाख ५ हजार बढीको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार