स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटायो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटायो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रहेनरहेको पत्ता लगाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले शुल्क ११ सय घटाएको हो । अब परीक्षण गर्दा अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै तिर्नुपर्ने निर्णय गरेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले बताउनुभयो । यसअघि मन्त्रालयले अनुमति प्राप्त गरेका प्रयोगशालाहरुले पीसीआर गर्दा अधिकतम ५ हजार ५ सय रुपैयाँ लिन पाउने र अनुमति नपाएका अस्पतालहरुले स्वाब संकलन गर्दा १० प्रतिशत थप सेवा शुल्क लिन पाउने व्यवस्था थियो । हाल लक्षण देखिएका, कामको शिलशिलामा अग्रपङ्तिमा खटिएका व्यक्ति र विपन्न परिवारका व्यक्तिको भने निःशुल्क रुपमै कोरोना परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार