उनी र म ……..

–विनोदकुमार श्रेष्ठ , रामेछाप । झल्यास् विउझिएँ । ‘आइ लभ यू…..’ उनको शब्द कानमा गुञ्जिहाल्यो । मन छट्पटियो, अनायासै । निदाउँन खोजे, मरिगए सकिनँ । उनले बोलेका, लेखेका शब्दहरु रिल बनेर आँखा अघि घुम्यो, अनि चस्क्यो मुटु । ‘जिन्दगी हार नै त हो नि, जित त क्षणिक रहेछ,’ छटपटिएको मन सम्हालेँ तर दिमागमा उनी निकै […]

स्वतन्त्रता (कविता)

मैले एक नामी बिद्धानलाई सोधेको थिए के छ त स्वतन्त्रताको असली अर्थ ? तिनको उत्तरमा सत्य वचन थियो मलाई लागेको थियो कि उनका शब्दले स्वतन्त्रतालाई सम्पूर्ण परिभाषित गरेका छन् एक साझ नताली चरण क्षेत्रमा मैले एउटा घोडा देखे डुलिरहेछको उन्मुक्त एकदम स्वतन्त्र निर्देशबिहीन दिशाबिहीन रक्सीले द्युत एक कज्जाक घोड सवार उसको ढाडमाथि सुतिरहेको थियो मस्त […]

माकुराे (कविता)

नविन गाउँले रामेछाप । यो माकुरो एकदम कुख्यात छ। जस्तो कि क्रुरतापूर्बक फ्याकिरहन्छ जाल र पारिरहन्छ सिकार तपाईं पत्यानुस् या नपत्याउनुस् यो चाहिँ साचो हो माकुराहरूले शुरू गरेको त्यहि सभ्यताको प्रारम्भ आज बहुरंग प्रयोगशालामा प्रयोग गरि हिडेकाछन् मानिसहरू ठिक यहि समय माकुराहरूले जस्तै मानिसहरू क्रङ्क्रिडका पञ्जामा समातिएका शीतलहरहरूमा शीत युद्ध लड्दै छन् गान्धीबादको खिलाफमा वा […]

फ्ल्यासब्याक ( फर्केर हेर्दा )

विनोद कुमार श्रेष्ठ , रामेछाप । निष्पट्ट अँध्यारो । रातको शून्यता । बिस्तारै गेट खोलँे । गेट खोलेको कसैले थाहा नपाओस् भन्ने पक्षमा थिए म । विशेष गरी घरपेटीको छोरीले । उनले म माथि गिद्दे नजर लगाएकी थिइन् । गेट बन्द गरेँ । भ¥याङ उक्लँे । बिरालोको चालमा थिएँ म । पदचाप शून्य थियो । […]

मन्थलीको ऐतिहासिक किंवदन्ती

-भूपहरी पौडेल (मन्थली अहिले रामेछाप जिल्लाको सदरमुकाम रजिल्लाको प्रमुख शहर बजार केन्द्र भएको छ । तत्कालिन समयमा रामेछापको लागि एक “मन्थलीबेसी” मात्रै रहेको मन्थलीमा २०४५ सालमा रामेछाप बाजारबाट सदरमुकाम सरे पछि बजारिकरणको जग बस्यो । सदरमुकाम सरेको केही वर्षमै सुरु भएको दशक लामो जनयुद्ध अन्य सामाजिक राजनैतिक कारणले देशका विकास नै सदरमुकाम केन्द्रित भएर गयो […]

कमजाेर पात्रहरूकाे बाहुल्यता

नविन गाउँले रामेछाप । नेपाली उपन्यासकाे लेखन एक शताब्दी पार गरेर अरू दशकतिर बढिरहेकाे छ। २०२२ सालमा चर्चित उपन्यास शिरिषकाे फूल मार्फत पारिजातले शुन्यबादकाे वकालत गरिन्।मूख्य पात्र शिव र सकबरी रहेकाे याे उपन्यासमा शिबले जीबनलाई असफलता र दुर्भाग्य भने। उपन्यासकाे अन्तिम तिर मानिस यसै पनि दुखि छ उसै पनि दुखि छ भनेर जीबनलाई एउटा निस्सारकाे […]

तिम्रो स्वास्नी प्रतिको मेरो प्रेम

विनोद कुमार श्रेष्ठ । फेसबुक चलाउदै थिएँ । फेसबुकमै पहिलो पटक तिम्रो स्वास्नीलाई भेटेँ । मैले लेखेको किताब पढेपछि उनले फ्रेण्ड रिक्वेस्ट गरेकी रहिछिन् । मैले एसेप्ट गरेँ । तिम्रो स्वास्नी मेरो फेसबुके साथी भइन् । तिम्रो स्वास्नीसँग मेरो म्यासेज आदानप्रदान भयोे । म्यासेजकै क्रममा उनले फ्याट्टै भनिन् – “किताब पढ्दैगर्दा तपाईँलाई मन पराएछु ।” […]

समयको सिंहाबलोकन

प्रशिद्ध दार्शनिक एबं राजनीतिक चिन्तक एरिष्टोटलले ९राजनीति भन्दा बाहिर यात भगवान हुन्छन् यात पशु हुन्छन् भनेका छन् ०यो भनाई प्रती फरक मत राख्न सकियला। राख्न सकिन्छ ।तर यहाँ यो भनाई प्रती टिप्पणी वा खेद प्रकटीकरण गर्नु मेरो उदेष्य होईन। उदेष्य होत हाम्रा नेपालका नेताज्यूहरू पशु हुन् वा पशु होईनन्। त्यसैले राजनीति गरेका हुन् प्रश्न उठाउनु […]

हाइकु कसरी लेख्ने ?

~रामकुमार पाँडे~ हाइकू समसामयिक विश्व साहित्यको जल्दोबल्दो कविता हो । सानो कवितामा नाम कमाएको हाइकूको मूल थलो जापान हो । जापानीको संस्कृतिमा सानोमा संसार देख्न सकिन्छ । एउटा सानो प्लेटमा घना जङ्गलको भाव दिने र एक विरुवाको वृक्ष बूढो देखिने मात्र हैन सानो बोटामा ठूलो फल पलाउने कलामा सिद्धहस्त छन् जापानी । यस्तो बोनसाइका क्रममा […]

साहित्य सृजना कसरी गर्ने ?

परिभाषा हरेक मानिसका आ–आफ्नाा भावना र कल्पना हुन्छन्, हरेक मानिसमा नयाँ–नयाँ विचार उठ्छ, हरेक मानिसका केही न केही काम र कुराहरू पर्छन् । यही सिलसिलामा आफ्नाा मनको भाव अरुको सामुन्ने व्यक्त गर्न थाल्छ । मनको भाव व्यक्त गर्ने दुइटा तरिका छन् – बोलेर र लेखेर । बोलेर भन्दा लेखेर व्यक्त गरिएको भाव अमिट हुन्छ । […]