नेपालमा कोरोना कारण ९१ जनाको मृत्यु

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा देशभर आठ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा मात्र पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार टेकुका ७८ वर्षका महिलाको आज बिहान किस्ट हस्पिटलमा मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिकाका ७१ वर्षका पुरुषको मेडिसिटी अस्पतालमा आज मृत्यु भएको छ । जनकपुर […]

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गर्दै आएको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । धनुषाका ६० वर्षका पुरुष, धनुषाकै ५० वर्षकापुरुष, काभ्रे पाँचखालका ५० वर्षका महिला र सिन्धुपाल्चोक बाह्रबिसेका ८४ वर्षका पुरुषको मृत्यु भएसंगै मृतकको संख्या […]

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुग्यो

नेपालमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ । धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिनुभयो । मृतक क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा. सिंहको भनाई छ […]

आज रातिदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना

आज रातिदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएकाछन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालतर्फ नजिकिने सम्भावना देखिएकाले आज राति मनसुन सक्रिय हुने अनुमान गरिएको छ । भोलिसम्म मनसुन सक्रिय हुनेछ । दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको […]

भदौ मसान्तसम्म हवाइ उडान र लामो दुरीका यातायात नचल्ने

सरकारले भदौ महिनाभरि लामो दुरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान नखोल्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । अस्ति बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बैठकले भदौ १५ सम्म हवाइ उडान र लामो दुरीका सवारी साधन नखोल्न सरकारलाई सिफारिस गरेको थियो । तर काठमाडौँ उपत्यकालगायत […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो, देशभर थपिए ३३८ संक्रमित

कोरोना भाइरस (कोभिड—१९) बाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका दुइ तथा बाँके र पर्सामा एक–एक जना रहेका छन् । काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षका पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको किर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुषको आज मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी […]

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो,आज थपिए तीन सय ८० जना संक्रमित

पछिल्लो २४ घन्टामा थप तीन सय ८० जनामा कोरोना सङक्रमण देखिएको छ । मन्त्रालयले आज नियमित जानकारी दिने क्रममा २४ घन्टामा गरिएको आठ हजार पाँच सय १५ पीसीआर परीक्षणमा तीन सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ । यस्तै, २४ घन्टामा ४० जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । […]

भक्तपुरको साँगा नाका खुकुलो हुँदा काठमाडौं उपत्यकामा कोरोनाको सङ्क्रमण बढ्यो

भक्तपुरको साँगा नाकाबाट उपत्यका भित्रिनेको संख्यामा बृद्धि भएसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण पनि बृद्धि भएको छ । बन्दाबन्दी खुलेसँगै पूर्वबाट साँगा नाका हुँदै उपत्यका प्रबेश गर्नेको संख्या बढेसँगै दिनानु दिन कोरोना सङ्क्रमितको संख्या पनि थपिने क्रममा छ । उपत्यका प्रवेशको पूर्वी नाका साँगामा तीन हजार भन्दा बढिको स्वाब संकलन पछि गरिएको परीक्षणको रिर्पोटलाई आधार मान्दा […]

काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओको बैठकले कोरोना सङ्क्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला समन्वय समितिको बैठकले काठमाडौं उपत्यकामा पर्सिदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका काम सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय […]

चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न सरकारको अनुरोध

नाबेले कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न अनुरोध गरेको छ । यसलाई थप व्यवस्थित गर्नका लागि मापदण्ड नै सार्वजनिक गरेको छ । सरकारले जात्रा तथा धार्मिक सभासमारोह गर्न रोक लगाए पनि जनस्तरबाट अवज्ञा भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मापदण्ड ल्याएको हो । चाडपर्व, जात्रा र उसत्व मनाउँदा एउटै […]