नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १०हजार ३ सय ८१ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २ हजार ६७ जना पुगेको छ । यस्तै देशभरि सक्रिय सङ्क्रमितको संख्या हालसम्म १८ हजार ८ सय ८४ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ सय २९ जना रहेका छन् । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १६ लाख७० हजार ४५६ परीक्षणहरु गरिएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार