रामेछापमा आज १० जना कोरोना सङ्क्रमित थपिए,जिल्लामा १३१ जना सक्रिय संक्रमित

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् ।आज जिल्ला अस्पालतमा चार जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना, उमाकुण्ड गाउँपालिकामा एक जना, खाँडादेवी गाउँपालिकामा दुई जना, गोकुलगंगा गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार […]

रामेछापमा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म होटल तथा पसल खोल्न पाइने

रामेछाप जिल्लामा जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही खुकुलो गरिएको छ । अब जिल्लामा सबै खाले जोर विजोर निजी तथा सर्वाजनिक सवारी साधन चल्न दिइने रामेछाप प्रशासनले जनाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सवारी साधन जोर बिजोर प्रणालीमा संचालन हुँदै आएकोमा अब भने हरेक […]

रामेछाप सहित वाग्मती प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार बन्दै

वाग्मती प्रदेशले प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार (कोल्ड स्टोर) निर्माण गरिरहेको छ । स्थानीय सहकारी संस्था र निजी कम्पनीसँगको साझेदारीमा शीतभण्डार निर्माण कार्य अगाडि बढाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छ । मन्त्रालयका अनुसार अधिकांश शीतभण्डार निर्माणको अन्तिम चरणमा छन् । यसका लागि मन्त्रालय र साझेदार संस्थाहरूसमेतको गरी ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लगानी भएको […]

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उद्घाटन

बहुचर्चित स्वदेशी लगानीको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्रीले बालुवाटरमा आयोजित कार्यक्रममा स्विच थिचेर आयोजनाको उद्घाटन गर्नुभएको हो । पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै औपचारिक रुपमा प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रम आयोजना स्थलमा समेत गरिएको थियो । उद्घाटनका समयमा […]

रामेछाप सहित देशभरका धेरै ठाउँमा झरी

आज प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार केही ठाउँमा  मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । धेरै ठाउँमा रातिदेखि नै झरी परिरहेको छ । प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम […]

बाढिले खानीखोलाको झोलुङ्गे पुल बगायो

तीनदिन देखिको अविरल वर्षादका कारण खानीखोलाको पुृलमा क्षति पुगेको छ । रामेछापको सुृनापति गाउंपालीका १ को गुन्सि र बडा नं ३ को हिलेदेवीलाई जोड्न्े उक्त पुलमा विहिबार राति आएको अविरल वर्षादका कारण क्षति पुगेको हो । बाढिले पुलको एकापटिको जीपमा क्षति पुगेको छ । सुनापति गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत कमल श्रेष्ठका अनुसार – हाल वर्षाद […]

असार १५ सम्म आईपुग्दा रामेछापमा यस वर्ष १५ प्रतिशत खेतमा मात्रै रोपाँई

असार १५ सम्म आईपुग्दा रामेछापमा यस वर्ष १५ प्रतिशत खेतमा मात्रै धान रोपाँई भएको छ । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार हालसम्म जिल्लामा जम्मा १५ प्रतिशत खेतमा मात्रै धान रोपाँई भएको हो । जिल्लाको गोकुलगङ्गा गाउँपालिका लगाएतका क्षत्रमा गरी लगभग १५ प्रतिशत खेतमा रोपाई भएको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले जानकारी दिनुभयो । […]

आज १८ औँ राष्ट्रिय धान दिवस, नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइँदै

आज १८ औँ राष्ट्रियधान दिवस, नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । तर सरकारले धान दिवसको नाउमा हिलो नखेल्न र दुरी कायम गर्न अनुरोध गरेको छ । असार १५ अर्थात आजका दिनलाई नेपाली समाजमा दहीचिउरा खाने पर्वको रूपमा पनि मनाइन्छ । कामको चटारोले किसान थकित भएका बेलामा दहीचिउरा खाए शक्ति प्राप्त हुने विश्वास छ । […]

रामेछापमा निषेधाज्ञा खुकुलो,अब निजी तथा सर्वाजनिक सवारी साधन चल्ने

रामेछाप जिल्लामा जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही खुकुलो गरिएको छ । अब जिल्लामा निजी तथा सर्वाजनिक सवारी साधन जोर विजोर प्रणालीमा चल्ने दिइने रामेछाप प्रशासनले जनाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने र सार्वजनिक यात्रु बाहक सवारी […]

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९२ प्रतिशत नाघ्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख ८८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये ३ हजार ८ सय ५३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ । यो दर कुल […]