कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने डब्लूएचओको चेतावनी 

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने चेतावनी दिएको छ । विश्वका गरिब देशहरूको खोपमा पहुँच नभएका कारण कोरोना महामारी सन् २०२२ मा पनि कायम रहने डब्लूएचओले चेतावनी दिएको हो । गरिब देशहरूले आवश्यकता अनुसार खोप पाउन नसक्नु महामारी लम्बिनुको कारण बन्ने देखिएको भन्दै डब्लुएचओले खोपको सहयोगमा बिस्तार गर्न अपील गरेको […]

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गर्नुभएको थियो । विश्वासको मतसम्बन्धी प्रस्ताव आज प्रदेशसभामा निर्णयार्थ प्रस्तुत हुनेछ। शाक्यले गएको भदौ २ गते मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको थियो । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि उहाँले […]

आजदेखि देशभरी नै पानी पर्न कम हुँदै जाने मौसमविद्कोे भनाइ

आज देखि देशभरी नै पानी पर्न कम हुँदै जाने मौसमविद्ले बताएका छन् । गत आइतबारदेखि देशभरी नै झरी पारेको प्रणाली नेपालबाट बाहिरिएकाले अब कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार चार दिन झरी पारेको प्रणालीको थोरै जलवाष्पयुक्त हावा बाँकी रहेकाले देशका थोरै ठाउँमा भने आजपनि पानी पर्नेछ । […]

बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९१ पुग्यो

गएको चार दिनमा देशभर बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९० नाघेको छ । अहिलेसम्मको तथ्याङ्कले ९१ जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयकाअनुसार पाँचथरमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको छ । यस्तै, इलाममा १३, डोटीमा १२, धनकुटामा ७, बझाङमा ८, हुम्लामा ६, बैतडीमा ४ तथा सुनसरी […]

आइतबारदेखिको वर्षाका कारण आएको बाढी पहिरोमा परेर देशभर ३१ जनाको मृत्यु

केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर देशका विभिन्न जिल्लामा ३१ जनाको ज्यान गएको छ । गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपदमा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले ज्यान गुमाउनेको संख्या अझै […]

भोलिदेखि ठूलो पानी पर्न कम हुने मौसमविद्को भनाइ

भोलिदेखि ठूलो पानी पर्ने क्रम कम हुँदै जाने मौसमविद्ले पूर्वानुमान गरेका छन् । गत आइतबारदेखि देशका विभिन्न ठाउँमा परेको झरीका कारण देशभरको जनजीवन प्रभावित भएको छ । अहिले पनि देशका धेरै ठाउँमा पानी परिरहेको र यो क्रम आज बेलुकीसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार आज प्रदेश १ का […]

दशैँमा धेरै भोका पेटहरुको भोक मेटाए समाजसेवी प्रदिपले

नेपालीमा एउटा भनाइ छ– ‘मन हुनेसँग धन हुँदैन, धन हुनेसँग मन हुँदैन् ।’ तर मनमात्र भयो भने धन जुटाउन समय नलाग्ने रहेछ । धन यो अर्थमा जुट्ने रहेछ जसको सदुपयोग समाजका लागि होस । दीनदुःखी, निमूखा र भोकानाङ्गाहरुका लागि होस । अशक्त र असाहयहरुका लागि होस । भोको पेटमा सडक पेटीमा ढलिरहेका लागि होस । […]

काँग्रेसको क्रियाशिल सदस्यता विवाद भोलिसम्ममा समाधान गर्ने दावी

नेपाली काँग्रेसले क्रियाशिल सदस्यता विवाद भोलिसम्ममा समाधान गर्ने दावी गरेको छ । बारा, रौतहट र रसुवाको विवाद समाधानका लागि प्रयास भइरहेको र भोलिसम्ममा सबै विवाद समाधान हुने क्रियाशिल सदस्यता छानबिन समितिका सदस्य आनन्द प्रसाद ढुङ्गानाले बताउनुभयो । विवाद समाधान भएपछि निर्वाचन समितिले निर्वाचनको लागि मिति तोक्ने काँग्रेसले जनाएको छ । क्रियाशिल सदस्यता विवाद समाधान नहुँदा […]

दसैँमा बन्द रहेको कोरोनाविरुद्धको खोप अभियान फेरि सुरु

दसैँमा बन्द रहेको कोरोनाविरुद्धको खोप अभियान फेरि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दसैँको समयमा जनशक्ति अभाव हुने भन्दै दसैँ अवधिभर खोप अभियानलाई रोकिएको थियो । मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले सरकारले लिएको लक्ष्य अनुसार खोप अभियानलाई निरन्तरता दिइएको  जानकारी दिनुभयो । गत २४ घन्टामा मात्रै देशभर २७ हजार ७ सय […]

बडादसैँको अन्तिम दिन आज मान्यजनको हातमा टीका जमरा लगाउने क्रम जारी

बडादसैँको अन्तिम दिन आज पनि मान्यजनको हातमा टीका, जमरा लगाउने क्रम जारी छ । आश्विन शुक्ल दशमीअर्थात विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा आज बेलुकीसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कोजाग्रत पूर्णिमा आज […]