सरकारले भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
सरकारले पिसिआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा अर्थमन्त्री डा. युवराज खतिवडाले दैनिक ५ सय यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने जानकारी दिनुभयो […]