विश्वमा कोरोना सङ्क्रमणका कारण ८ लाख बढिको मृत्यु

विश्वमा कोरोना सङ्क्रमणका कारण ८ लाख बढिको मृत्यु

विश्वमा कोरोनाका कारण ८ लाख भन्दा धेरैको ज्यान गएको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख ३ हजार ३ सय ७४ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ । विश्वमा अहिलेसम्म २ करोड ३१ लाख ३० हजार ४ सय भन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये १ करोड ५७ लाख २२ हजार ७ सय भन्दा धेरै उपचारपछि निको भएका छन् । कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ५७ लाख ९६ हजार भन्दा धेरैलाई सङ्क्रमण भएको छ भने एक लाख ७९ हजार २ सय जनाको ज्यान गएको छ । यस्तै, ब्राजिलमा ३५ लाख ३६ हजार ४ सय भन्दा धेरै सङ्क्रमित छन् भने भारतमा अहिलेसम्म २९ लाख ७९ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् । भारतमा कोरोनाका कारण ५५ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार