भारतमा एकै दिन कोरोनाका कारण ७ सय बढिको मृत्यु

भारतमा एकै दिन कोरोनाका कारण ७ सय बढिको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ७९ नयाँ सङ्क्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एकैदिन अहिले सम्मकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १६ लाख ३८ हजार आठ सय ७१ पुगेको छ । हिजो पनि भारतमा कोरोना भाइरसका ५२ हजारभन्दा धेरै नयाँ कोरोन सङ्क्रमित थपिएका थिए । भारतमा कोरोना भाइरसको कारण महाराष्ट्र, तामिलनाडु र दिल्ली सबैभन्दा प्रभावित बनेका छन् । त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३५ हजार सात सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण सात सय ७९ जनाको मृत्यु भएको हो । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएका १० लाख ५७ हजारभन्दा धेरै कोरानो सङ्क्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार